• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

अर्थ मन्त्री साहद्वारा मालपोत कार्यालयको निरीक्षण

अर्थ मन्त्री साहद्वारा मालपोत कार्यालयको निरीक्षण

न्यूज टुडे
राजबिराज, ३१ असोज ।
प्रदेश नम्बर २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले आइतबार मालपोत कार्यालय सप्तरीको निरीक्षण गरेका छन् । राजबिराजस्थित मालपोत कार्यालयमा गएर त्यहाँको समस्या तथा पूर्वधारको अवस्थाबारे मन्त्री साहले जानकारी लिएका हुन् ।

मन्त्री साहले मालपोत कार्यालयको बिभिन्न शाखाको निरीक्षण गर्दै समस्याबारे जानकारी लिए । मालपोत कार्यालयको निरीक्षण गर्दै मन्त्री साहले मालपोत कार्यालयमा भएको समस्या तथा भौतिक पूर्वाधार विकासमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री साहले कार्यालयद्वारा कार्यसम्पादनमा गरेको ढिलासुस्तीले सेवाग्राहीलाई परेको मार्काबारे चासो राख्दै सर्वसाधारणको पहुँच हुने गरि सेवा प्रबाह गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।

मालपोत कार्यालय पुगेर मन्त्री साहले सेवाग्राहीहरुसँग समस्याबारे जानकारी लिएका थिए । सेवाग्राहीहरुद्वारा उठाएका समस्यालाई सम्बोधन गर्दै मन्त्री साहले प्रदेश सरकारले जनताको समस्यालाई प्राथमिकताको साथ सामाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री साहलाई मालपोत कार्यालय राजबिराजका निमित्त प्रमुख प्रकाश राउतले कार्यालयको जनशक्ति तथा पूर्वधारको समस्याबारे जानकारी गराएका थिए ।

मन्त्री साहले तामेली शाखाको भवन, सार्वजनिक सौचालय निर्माण, जनशक्तिको अभाव, अनलाईन सेवा, रंगरोगन लगायतका बिभिन्न स्थानको स्थलगत निरीक्षण गरेका थिए ।