• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

दिलिप स्मृति पत्रकारिता पुरस्कार छनौट समितिको बैठक सम्पन्न

दिलिप स्मृति पत्रकारिता पुरस्कार छनौट समितिको बैठक सम्पन्न

न्यूज टुडे
राजबिराज, ३१ असोज ।
सहिद दिलिप स्मृति पत्रकारिता पुरस्कार छनौट समितिको बैठक आइतबार सम्पन्न भएको छ । सप्तरीको सप्तकोशी नगरपालिका ५ स्थित गंगाजलीमा आयोजित बैठकले ३ जना पत्रकारलाई पुरस्कारका लागि छनौट गर्दै बैठक सम्पन्न भएको हो ।

पुरस्कार छनौट समितिका संयोजक पत्रकार कृष्णा मल्लको अध्यक्षतामा सम्पन्न बैठकबाट पुरस्कारका लागि छनौट भएका पत्रकारहरुको नामावली कार्तिक ५ गते सार्वजनिक गरिने पुरस्कार छनौट समितिले जनाएको छ । पुरस्कारका लागि छनौट भएका पत्रकारहरुलाई कार्तिक ५ गते सहिद दिलिप स्मृति स्तम्भ अनावरण समारोहमा पुरस्कार प्रदान गरिने सहिद दिलिप चौधरी स्मृति प्रतिष्ठानका अध्यक्ष राजकुमार लेखीले बताए ।

प्रतिष्ठानले पत्रकार मल्लको संयोजकत्वमा अधिबक्ता बाबुराम राई र राजेन्द्र चौधरी सदस्य रहेको ३ सदस्य सहिद दिलिप स्मृति पत्रकारिता पुरस्कार छनौट समिति गठन गरेका थिए । पुरस्कारको राशी जनही ११ हजार रहेका छन् ।

सहिद दिलिप प्रतिष्ठानद्वारा आयोजित स्तम्भ अनावरण तथा पत्रकारिता पुरस्कार बितरण कार्यक्रममा सप्तरीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, सप्तरी, उदयपुर र सिराहाका बिभिन्न पालिकाका प्रमुख उप–प्रमुख, प्रमुख राजनैतिक दलका नेता, नागारिक अगुवा, सामाजिक अभियनतालगायतका विशिष्ठ ब्यक्तित्वहरुको उपस्थित रहने जनाएको छ ।

सप्तरीको तत्कालिन फत्तेपुर गाबिसमा जन्मिएका सहिद दिलिप चौधरी बि.सं. २०४२ सालमा बम काण्डको आरोपमा काठमाडौंस्थित ल क्याम्पसबाट पक्राउ परेका थिए । पक्राउ परे लगत्तै उनको हत्या गरिएको थियो ।

प्रतिष्ठानले कार्तिक ५ गते सहिद चौधरीको स्मृतिमा निर्मित स्तम्भ अनावरण तथा पुरस्कार बितरण समारोहको भब्य तयारी गरेका छन् ।