• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

महुली सामुदायिकका नवगठित समितिद्वारा सपथग्रहण ग्रहण

महुली सामुदायिकका नवगठित समितिद्वारा सपथग्रहण ग्रहण

न्यूज टुडे
राजबिराज, २६ असोज ।
महुली सामुदायिक बिकास केन्द्र बकधुवाका नवगठित संचालक समिति पदाधिकारीद्वारा सपथ ग्रहण गरेका छन् । केन्द्रको २६ औं बार्षिक साधारणसभाबाट गठित संचालक समितिका पदाधिकारीहरुले मंगलबार सपथ ग्रहण गरेका हुन् ।

महुली समुदायका निवर्तमान अध्यक्ष रामलगन मण्डर थारुको अध्यक्षतामा आयोजित एक समारोहका बीच पदभार तथा सपथग्रहण गरिएको जनाएको छ । केन्द्रको शनिबार सम्पन्न २६ औं साधारणसभाबाट अध्यक्षमा श्यामकान्त चौधरीलाई चयन गरि अन्य सबैजना पुरानालाई निरन्तरता दिएको छ ।

गठित समितिको उपाध्यक्ष आशा कुमारी चौधरी, महासचिवमा श्रावण कुमार चौधरी, कार्यकारी सचिव प्रभु नारायण चौधरी सर्वसम्मत चयन भएका छन् । यसैगरी समितिका सदस्यहरुमा दुर्गानन्द चौधरी, अछिमतलाल चौधरी, मिना कुमारी चौधरी रहेका छन् ।

यसैगरी सल्लाहकारहरुमा संस्थापक उपाध्यक्ष मो. अजिज खलिफा, निवर्तमान अध्यक्ष रामलगन मन्डर थारु, विजुली प्रसाद चौधरी रहेको कार्यकारी सचिव चौधरीले बताए ।