• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

रुपनी गाउँपालिकामा वडा अध्यक्षद्वारा २५ बर्षीय युवकमाथि निर्घात कुटपिट

रुपनी गाउँपालिकामा वडा अध्यक्षद्वारा २५ बर्षीय युवकमाथि निर्घात कुटपिट

न्यूज टुडे
राजबिराज, २६ असोज ।
सप्तरीको रुपनी गाउँपालिका १ का वडा अध्यक्ष पिताम्बर यादवले एक २५ बर्षीय दलित युवामाथि निर्घात कुटपिट गरेको छ । वडा अध्यक्ष यादवले स्थानीय पुरुशोतम सदालाई मरन्नासन हुने गरि कुटपिट गरेको हो ।

वडा अध्यक्ष यादवले युवकलाई पञ्चायतीमा बोलएर निर्घात कुटपिट गरेको स्थानीयले बताएका छन् । वडा अध्यक्षसहितका ५ जनाको समूहले युवकलाई अन्धाधुन्ध कुटपिट गरेको स्थानीय राजु जयसवालले बताए । कुटपिटमा परी युवक गम्भीर घाईते भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटना स्थलमा प्रहरी पुग्दा सबैजना फरार रहेको जयसवालले जानकारी दिए । घाईते युवकको राजबिराजस्थित गजेन्द्रनारायण सगरमाथा अञ्चल अस्पताल उपचार भईरहेको जनाएको छ । घटनाबारे प्रहरीलाई जानकारी आएको सप्तरीका प्रहरी प्रबक्ता प्रहरी उपरीक्षक माधव प्रसाद काफ्लेले बताए । उनले पीडितबाट जाहेरी आईनसकेको बताउँदै जाहेरी आउन साथ घटनामा संलग्न भएकाहरुमाथि कारबाही हुने बताए ।

वडा अध्यक्ष यादवले आफुले कसैलाई कुटपिट नगरेको प्रतिक्रिया दिए । महिला भगाएर ल्याएको विषयमा गाउँमा छलफल बस्दा समाजमाथि अश्लिल शब्द प्रयोग गर्दा छलफलमा बसेका केही व्यक्तिसंग सामान्य घम्साघम्सी मात्र भएको उनले बताए । युवक आफै लागुऔषध सेवन गरेर बेहोस रहेको अध्यक्ष यादवले बताए ।