• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

चाईना रेल्वे ईन्जिनियङ्ग २ मा बिचोलिएको चलखेल, चरम श्रमशोषण गरेको मजदूरहरुको गुनासो

चाईना रेल्वे ईन्जिनियङ्ग २ मा बिचोलिएको चलखेल, चरम श्रमशोषण गरेको मजदूरहरुको गुनासो

न्यूज टुडे
राजबिराज, २६ असोज ।
कंचनपुर–कमाला खडक परियोजनाको ठेक्का पाएको चाईना रेल्वे ईन्जिनियरिङ्ग २ ले चरम श्रम शोषण गरेको मजदूरहरुले गुनासो गरेका छन् । दैनिक ८ घण्टा खटाएर नेपाल सरकारले तोकेको न्यूनतम श्रमिक ज्यालासम्म पनि नदिएको भन्दै उनीहरुले दुखेसो पोखेका हुन् ।

बिचोलियाको चलखेलका कारण सडक परियोजनाले मजदूरलाई दैनिक ५ सय पचास, फोरम्यान, ईन्जिनियर, सुपरभाइजरलाई दैनिक ८ सय ३३ रुपैया उपलब्ध गराउने गरेको एक मजदूरले बताए । दिनभरी ८ घण्टा काममा खटाउने गर्छ, एक मजदुरले भने, ज्याला भने साढे ५ सय मात्र दिन्छ । सडक योजनाको ठेक्का पाएका चाईनिज रेल्वे ईन्जिनियरिङ्ग २ ले नेपाल सरकारको न्यूनतम पारिश्रमिक समेत नदिएर चरम श्रमशोषण गरेको मजदूरहरुको गुनासो छ ।

गाउँकै सुपरभाइजरले कम्पनीको काम हो राम्रो हुन्छ भनेका थिए, एक मजदूरले भने, आफुलाई शुरुमा दैनिक ४ सय पचास ज्याला दिएका थियो, उनले थपे, नौ महिना पछि १ सय थप गरि साढे ५ सय पु¥याए । ज्याला बढाउनु भन्दा कामबाट निकाल्ने धम्की दिने गरेको उनको दुखेसो पोखे ।

बिचोलियाहरुको चलखेलले न्यूनतम ज्यालामा खटाएको मजदूरहरुको आरोप छ । हामी दिनभरी सडकमा खट्नुपर्छ, एक ईन्जिनियरले भने, दैनिक ८ सय ३३ रुपैया हाजिरी दिन्छ, उनले थपे, योजनाका प्रमुखलाई चाप्लुसी गर्ने दर्जनौंले कामै नगरी घरमा बसेर हामीसरह तलव बुझ्छन् । काममा नआउनेको मासिक तलव हुन्छ तर मरिहत्ते गरि खट्नेलाई दैनिक ज्यालादारीमा खटाउने गरेको र काममा आएको दिनको मात्र ज्याला दिने गरेको एक सुपरभाइजरले दुखेको सुनाए । काम गरे ज्याला दिन्छौं नगरे पाउँदैन भन्दै चाडवाड्मा समेत बिदा नदिने गरेको मजदूरहरुले दुखेसो सुनाए ।

रोजगारीको अभाव तथा तलव बढ्ने प्रलोभन देखाएकाले न्यूनतम ज्यालामा खट्न बाध्य भएको मजदूरहरुको भनाई छ । चाईनिज रेल्वे ईन्जिनियरिङ्ग २ मा बिभिन्न क्षेत्रमा गरि दुई हजार भन्दा बढी मजदूरहरु कार्यरत रहेका छन् । मजदूर ठगिएकोबारे कुनैपनि निकायले ध्यानाकर्षण भएको छैन ।