• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

सहिद दिलिप प्रतिष्ठान स्तम्भ अनावरण तथा पुरस्कार बितरण कार्यक्रम सारियो

सहिद दिलिप प्रतिष्ठान स्तम्भ अनावरण तथा पुरस्कार बितरण कार्यक्रम सारियो

न्यूज टुडे
राजबिराज, २६ असोज ।
सप्तरीको सप्तकोशी नगरपालिका ५ स्थित गंगाजलीमा कार्तिक ६ गते तय भएको सहिद दिलिप स्तम्भ अनाबरण एवम् सहिद दिलिप स्मृति पत्रकारिता पुरस्कार बितरण कार्यक्रम सरेको छ । सहिद दिलिप प्रतिष्ठानका अध्यक्ष राज कुमार लेखीले कार्यक्रम एक दिन अगाडि कार्तिक ५ गते सारिएको जानकारी गराएको हो ।

प्रतिष्ठानले दिलिप स्मृति स्तम्भ अनावरण तथा दिलिप स्मृति पत्रकारिता पुरस्कार कार्तिक ६ गते गर्ने तय गरेको थियोे । कार्यक्रमको मिति एक दिन अगाडि सारिएको छ, प्रतिष्ठानका अध्यक्ष लेखीद्वारा जारी सूचनामा भनिएको छ, सहिद दिलिप स्तम्भ अनावरण एवम् सहिद दिलिप स्मृति पत्रकारिता पुरस्कार बितरण समारोह कार्तिक ५ गते सार्ने निर्णय भएको जानकारी सबैमा गराउन चाहन्छु ।

सहिद दिलिप प्रतिष्ठानले सहिद दिलिप चौधरीको स्मृतिमा सप्तरीको सप्तकोशी नगरपालिका ५ गंगाजलीमा स्तम्भ निर्माण गरि कार्तिक ५ गते अनावरण कार्यक्रम तय गरेको छ । सोही कार्यक्रममा समानता र न्यायको लागि कलम चलाउने तीन जना पत्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ । पुरस्कारको राशी जनही ११ हजार रहेको छ । सप्तरीको तत्कालीन फत्तेपुर गाबिसमा जन्मिएका सहिद दिलिप चौधरी बि.सं. २०४२ सालमा बम काण्डको आरोपमा काठमाडौंस्थित ल क्याम्पसबाट पक्राउ परेका थिए ।

पक्राउ परे लगत्तै उनको हत्या गरिएको थियोे । सहिद चौधरी मञ्चायती ब्यबस्थाको बिरुद्ध बि.सं. २०३६ सालमा सप्तरी जिल्लाको फत्तेपुर–कंचनपुर क्षेत्रमा भएको बिद्यार्थी आन्दोलन तथा गणतन्त्र नेपाल प्राप्तिको लागि २०४२ सालको देशब्यापी भएको बम काण्डको अगुवाई गरेका थिए  ।