• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

कोरोनाका कारण होम आईसोलेसनमा वसेकी महिलाको मृत्यु

कोरोनाका कारण होम आईसोलेसनमा वसेकी महिलाको मृत्यु

राजविराज, २९ असोज। सप्तरीमा कोरोना संक्रमणवाट थप एक जनाको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका– २ बरमझियाकी ४६ वर्षीया महिलाको विहिवार विहान ५ वजे घरमै मृत्यु भएको हो ।

करिब १५ दिन अघि सिकिस्त बिरामी भएपछि उनलाई बिराटनगर स्थित गोल्डेन हस्पिटलमा भर्ना गरिएको थियो । परिक्षणका क्रममा क्यान्सर, आन्द्रामा घाउ र फोक्सोमा पानी जमेको रिपोर्ट आएपछि थप उपचारका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको थियो ।

सोहि क्रममा असोज २६ गते गरिएको पीसीआर परीक्षणमा उनको रिपोट पोजेटिभ आएको थियो । अस्पतालले उनलाई वचाउने सम्भावना कम देखेपछि घरमै राखेर निगरानी गर्न भनेको थियो । उनलाई असोज २७ गते घर ल्याएर स्वास्थ्यकर्मीहरुको निगरानीमा राखिएको थियो । होम आइसोलेसनमै रहेका वेला विहिवार विहान उको मृत्यु भएको कंचनरुप नगरपालिकाको स्वास्थ्य शाखाका डम्वर गुप्ताले जानकारी दिए ।

योसहित सप्तरीमा कोरोना संक्रमण भएर मर्नेको संख्या ४ महिलासहित २३ पुगेको छ ।