• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
करेन्ट लागेर एक भारतीय मजदुरको मृत्यु

राजविराज, ७ असार । चर्चित गायक उदितनारायण झाको घरमा कार्यरत एक भारतीय मजदुरको करेन्ट लगेर बिहीबार मृत्यु भएको छ ।
हनुमाननगर कन्कालिनि नगरपालिका वडा नम्बर १ भारदहमा रहेको गायक झाको घरको काम गर्ने क्रममा बिहार राज्यको सुपौल जिल्ला भटैनिया निवासी २५ वर्षिय सञ्जीत कुमार यादवको मृत्यु भएको हो ।
नयाँ घरको निर्माणको काम गर्दा ३३ हजार भोल्ट भएको विद्युतीय तारमा छुन पुग्दा उनलाई करेन्ट लागेको थियो । घर निर्माणमा फलामे रडले विद्युतीय तारमा छोएलगत्तै करेन्ट लागेका उनलाई उपचारका लागि भारदह अस्पताल लगिए पनि बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।