• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

एनआरएनद्वारा रौतहटका शीतलहर पीडितलाई कम्बल

एनआरएनद्वारा रौतहटका शीतलहर पीडितलाई कम्बल

रौतहट, ७ फाल्गुन । रौतहटको शीतलहर पीडितहरुलाई एनआरएन बेल्जियमले न्यानो कपडा कम्बल वितरण गरेको छ ।
रौतहटको परोहा नगरपालिका वडा नम्बर–९ रामपुर खाप टोलमा १ सय ५०, राजदेवी नगरपालिका वडा नम्वर ९ को २० तथा फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ११ भटी राङ्गी मुसहर बस्तीमा ५० जना बृद्ध, असहाय, असक्त, गरिब, दलित, अपाङ्गलाई न्यानो कम्बल वितरण गरिएको छ । गैर आवासीय नेपाली संघ बेल्जीयमका अध्यक्ष लोक प्रसाद दाहालको आव्हानमा बेल्जियममा रहेका नेपालीहरुबाट संकलन गरि प्राप्त भएको रकमबाट राहत स्वरुप पठाइएको उक्त न्यानो कपडा सहयोग गरिएको हो । हालै भएको शीतलहरका कारण नेपालको मध्य तराईमा दर्जनौंले ज्यान गुमाएका तथा पीडित भएकालाई एनआरएन बेल्जियमको मानवीय सहयोग कार्यक्रम अन्तर्गत एनआरएनकै आव्हानमा स्थानीय रुपमा रकम पठाइएको छ ।
राहत सामाग्री वितरण गर्ने कार्यमा सदैव सहयोग पुरयाउने मधेश प्रदेश मिडिया प्रा.लि तथा रिपोर्टर्स क्लब नेपाल रौतहटका अध्यक्ष युवा अभियन्ता अभिमन्यु कुमार पटेलले पीडितहरु समक्ष उक्त राहत सामग्री पुरयाएको थियो । शितलहरबाट पीडित तराईवासी नेपालीहरुलाई गैरआवासिय नेपाली संघ बेल्जीयमले झण्डै २ लाख नगद आर्थिक सहयोग गरेको थियो ।
संस्थाका अध्यक्ष लोक प्रसाद दाहाल, प्रवक्ता दीपेन्द्र के.सी., महासचिव आडमाया लामा र शितलहर पिडितलाई सहयोग जुटाउने कार्यमा विषेश भुमिका निर्वाह गरेका हाम्रो क्लब बेल्जियमका अध्यक्ष रमेश कंडेललाई रिपोर्टर्स क्लब नेपाल रौतहटका अध्यक्ष पटेलले सहयोगका लागि विषेश अभार व्यक्त गरेका छन् ।