• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

पूर्व मन्त्री अनिस अन्सारीले गरे माओवादी केन्द्रमा प्रवेश

पूर्व मन्त्री अनिस अन्सारीले गरे माओवादी केन्द्रमा प्रवेश

राजविराज, १३ भदौ । नेपाल सद्भावना पार्टीका संस्थापक महामन्त्री समेत रहिसकेका नेता अनिस अन्सारी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

नेकपा माओवादीद्वारा जनकपुरमा मङ्गलवार जनकपुरमा आयोजित कार्यक्रममा माओवादीमा प्रवेश गरेका छन् । पूर्व मन्त्री समेत रहिसकेका अन्सारीले मधेश र मधेशी जनताको हितमा लड्ने एक मात्र पार्टी माओवादी केन्द्र भएको भन्दै माओवादीमा प्रवेश गरेको बताए । देशमा गणतन्त्र ल्याउनमा योगदान दिने एकमात्र पार्टी माओवादी भएको बताउँदै उनले भने ‘मलाई माओवादी पार्टीप्रति आस्था र विश्वास लागेकोले यो पार्टीमा प्रवेश गरेको हुँ ।’उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेको जनाईएको छ ।

सप्तरीको राजविराज नगरपालिका निवासी अन्सारी माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य समेत रहेका पूर्व सिंचाईमन्त्री उमेश कुमार यादवको विशेष पहलमा पार्टी प्रवेश गरेको श्रोतले जनाएको छ । कार्यक्रममा उनलाई माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिका तथा माला लगाएर स्वागत गरेका छन् । अन्सारीलाई माओवादीले राजविराज नगरपालिकाको मेयर पदमा टिकट दिने सुनिश्चितता भएपछि पार्टी प्रवेश गरेको हो ।