• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

प्रजातान्त्रिक समूहबाट साझा उम्मेदवार घोषणा

प्रजातान्त्रिक समूहबाट साझा उम्मेदवार घोषणा

पर्सा, १५ फागुन । पेशागत पत्रकारहरुको हक हितमा काम गर्ने उद्देश्यका साथ प्रजातान्त्रिक समुहबाट नेपाल प्रेस युनियनमा आबद्ध भएका तथा स्वतन्त्र क्रियाशील पत्रकारहरुले साझा उम्मेदवार घोषणा गरेका छन् ।
फागुन १७ गते हुन लागेको नेपाल पत्रकार महासंघ पर्साको अधिवेसनमा नयाँ नेतृत्वकालागि उम्मेदवारी घोषणा गरिएको हो । प्रजातान्त्रिक प्यानलबाट अध्यक्षमा अशोक तिवारी, उपाध्यक्षमा शेखर छतकुली, उपाध्यक्ष (महिला)मा बिम्मी शर्मा, सचिवमा क्रान्ति साह, सहसचिव (खुल्ला)तर्फ निलिमा पौडेल, सह–सचिव (समावेसी)मा मो. सद्दाब र कोषाध्यक्षमा राम सर्राफले उम्मेदवारी घोषणा गरेका छन् ।