• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मगर दिवसमा ज्येष्ठ तथा अपाङ्गता नागरिक सम्मानित

मगर दिवसमा ज्येष्ठ तथा अपाङ्गता नागरिक सम्मानित

बृजमान तामाङ/बिरेन्द्र बजार १५ फागुन । सप्तरीको तेरहौतामा आइतवार ३४औं मगर दिवसको अवसरमा २ जना ज्येष्ठ नागरिक तथा २ जना अपाङ्गता भएका व्यक्ति सम्मानित भएका छन् ।
नेपाल मगर संघ प्राराम्भिक समिति बिरेन्द्र बजारद्वारा एक कार्यक्रको बीच ईकाई अन्तर्गतका सबभन्दा बढी उमेरका २ जना ज्येष्ठ नागरिक तथा शारिरिक रुपले अशक्त २ जना अपाङ्गता भएका व्यक्ति सम्मानित भएका हुन् । सम्मानित हुनेहरुमा जेष्ट नागरिक तेरहौता ५ का ७७ बर्षका डिक बहादुर यसमाली मगर र ७१ बर्षकी काली माया मगर तथा असक्त तेरहौता ५ का ६६ बर्षिय दान बहादुर समाल मगर र ५० बर्षिय लक्ष्मण राना मगर रहेको छ ।
नेपाल मगर संघ प्रारम्भिक समिति बिरेन्द्र बजारका अध्यक्ष रित बहादुर घले मगरको अध्यक्षता आयोजित कार्यक्रममा प्रमुख अतिथी जिल्ला सदस्य शान्ति घले मगरले मगर पोषाक घल्याक, प्रमाण–पत्र तथा नगद प्रदान गरी उनीहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा आदिवासी जनजाती पत्रकार महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङ, यम्बर बहादुर दर्लामी मगर, लक्ष्मण राना मगर लगायतकाले मन्तब्य ब्यक्त गर्दै सम्मानित भएका ब्याक्तीहरुलाई बधाई दिएका थिए ।
नेपाल मगर संघ प्रारम्भिक समिती बिरेन्द्र बजारका सचिव पुरुषोत्तम बलाम्पाकी मगरद्वारा सञ्चालित कार्यक्रममा स्वागत आदिवासी जनजाती महासंघ तेरहौताका अध्यक्ष भुपेन्द्र घले मगरले गरे । नेपाल मगर संघ प्रारम्भिक समिति बिरेन्द्र बजारले प्रत्येक बर्ष मगर दिवसको अवसरमा उत्कृष्ट अंक ल्याएर एसएलसी उतीर्ण गरेका ३ जना विद्यार्थी, २ जना जेष्ठ नागरिक तथा शारिरीक रुपले असक्त मगरहरुलाई सम्मान गर्दै आएको समितिका कोषाध्यक्ष भिखन सिंह घले मगरले जानकारी दिएका छन् ।