• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

दुई ट्रक आपसमा ठोक्किंदा एकको मृत्यु, दुई घाइते

दुई ट्रक आपसमा ठोक्किंदा एकको मृत्यु, दुई घाइते

सिरहा, २७ माघ । सिरहाको लहान नगरपालिका–१ मा विहीबार दुई ओटा ट्रक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बा ४ ख ७१२ नम्बरका ट्रक चालक जिल्ला मकवानपुर आमभञ्ज्याङ–४ का २७ वर्षिय हरिबहादुर तामाङ रहेका छन् । बिहान पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना ५ ख १९२५ नम्बरको ट्रकसँग विपरित दिशाबाट आउँदै गरेको ट्रक ठोक्किंदा तामाङ गम्भीर घाइते भएका थिए । तामाङको सप्तऋषी अस्पताल लहानमा उपचारको क्रममा विहान ८.१५ बजेको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
दुर्घटनामा सोही ट्रकका सह–चालक मकवानपुर हेटौडाका १६ बर्षिय सन्दिप घलान र अर्का ट्रककका सह–चालक मकवानपुर हेटौडा–१९ बस्ने २४ बर्षिय रमेश चौलागाई घाइते भएका छन् । घाइतेमध्ये सन्दिपको रा.उ. स्मारक अस्पताल तथा रमेशको फ्रेण्डस् मोडल अस्पताल लहानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।