• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

बाँझो जमिनमा आँप खेती गरेर लाखौं रुपैयाँ आम्दानी

देशकै उदाहरणीय ज्येष्ठ नागरिक अयोधी

श्यामसुन्दर यादव
राजविराज, ११ जेठ । सिंचाई अभावले सयौं बिगहा जग्गा बाँझो रहँदा सप्तरीका धेरै किसानहरु चिन्तित भएको बेला यहींकै एक ज्येष्ठ नागरिक भने आँप खेती गरेर आत्म निर्भरसँगै उदाहरणीय बन्न पुगेका छन् ।
डिमन गाविस–१ का ८० वर्षिय अयोधी यादवले १० बिघा बाँझो जग्गा आँप लगायतका फलफूल लगाएर यस्तो उदाहरण प्रस्तुत गरेका हुन् । सिंचाईको अभावमा बीस वर्ष अघिसम्म धान खेती सम्भव नभए पछि यादवको अधिकांस जग्गा बाँझै रहने गरेको थियो । बोरिङ्गबाट पानी तानेर धान रोप्न खोज्दा पनि अत्यधिक लागत बढेर निराश बन्न पुगेका उनले दश बिघा जग्गामा सिंचाई नभए पनि आम्दानी लिने नयाँ जुक्ति निकाले ।
व्यवस्थित तरिकाले विभिन्न जातका आँप, लिची, कागती र अम्बाका विरुवा लगाएर नियमित रेखदेख शुरु गरे पछि उनले त्यसबाटै लाखौंको आम्दानी लिन थालेका छन् । बगैंचाभरी लटरम्म फलेका आँप देखाउँदै उनले बीस वर्ष अगाडि आफूले गरेको मेहनत अहिले साकार हुन थालेको भन्दै खुशी व्यक्त गरे । 20160523_085806
यसपटक पनि आँप किन्नका लागि उनको बगैंचामा पूर्वी नेपालदेखि भारतसम्मका व्यापारीहरुको आवत–जावत शुरु भएको छ । ‘दुई साता अघि आएको असिना पानीले केही आँप नोक्सान ग¥यो’ उनले भने ‘तैपनि कम्तिमा १० लाख जति आम्दानी हुने विश्वास छ ।’ यादवले बगैंचामा बम्बई, मालदह, सरही, कलकतिया, कृष्णभोग, केलवा, गुलाबखासलगायतका जातका आँप लगाएका छन् । उनको आँपको बगैचामा पुगेपछि जो कोही पनि लोभिने गर्छन् ।

डिमन गाविस–१ का ८० वर्षिय अयोधी यादवले १० बिघा बाँझो जग्गा आँप लगायतका फलफूल लगाएर यस्तो उदाहरण प्रस्तुत गरेका हुन् । सिंचाईको अभावमा बीस वर्ष अघिसम्म धान खेती सम्भव नभए पछि यादवको अधिकांस जग्गा बाँझै रहने गरेको थियो । बोरिङ्गबाट पानी तानेर धान रोप्न खोज्दा पनि अत्यधिक लागत बढेर निराश बन्न पुगेका उनले दश बिघा जग्गामा सिंचाई नभए पनि आम्दानी लिने नयाँ जुक्ति निकाले ।
व्यवस्थित तरिकाले विभिन्न जातका आँप, लिची, कागती र अम्बाका विरुवा लगाएर नियमित रेखदेख शुरु गरे पछि उनले त्यसबाटै लाखौंको आम्दानी लिन थालेका छन् ।3

सामान्य लेखपढ गर्न सिकेका अयोधीले रामायण, महाभारत, गर्ग संहिता, नर्सिंह पुरान, शिव पुराण, भागवत रहस्य लगायतका धार्मिक पुस्तकहरु खेतमा बनाएको झुप्रोमै बसी पढ्ने गरेका थिए । धार्मिक पुस्तकहरुमा रुख विरुवा लगाउँदा आयु बढ्ने र पुण्य मिल्ने कुरा उल्लेख रहेकोले त्यसैबाट आफूलाई पनि प्रेरणा जागृत भएको उनले बताए ।
भाइ र छोराहरु सबै उच्च शिक्षा अध्ययन गरी विभिन्न ओहदामा जागीरमा बाहिर रहेको र आफू पुख्र्यौली खेतीपातीको काममै लागेको बताउँदै उनले भने ‘भएको जग्गा सबै बाँझो रहँदा चिन्ताले सताउँथ्यो, आँप खेती शुरु गरेपछि त्यहि जमिनमा अहिले हरियाली छाएको छ ।’
उनका तीन छोरामध्ये जेठा चन्द्रनारायण सिनियर डिभिजनल इन्जिनियर छन् भने माइला दिनेश न्यायाधीशसम्म भए । कान्छो शिवराम सभासद् सम्म भई हाल राजनीतिमा सक्रिय रहेको उनले बताए । छोराहरु सबै बाहिर रहेका कारण बगैंचा अयोधीका लागि मन बहलाउने माध्यम पनि बनेको छ । उनी दुई जना सहयोगीसित दिनभरी जसो त्यहीं बस्ने गर्दछन् ।20160523_093115
बगैंचाको घेरबेरका लागि छेउँमै बाँसको झाङ्ग समेत लगाएका अयोधीले छिमेकका जग्गावालाहरुलाई पनि फलफूल खेती गर्न सल्लाह दिने गरेका छन् । ‘चारैतिर अरुको जग्गा बाँझो देख्दा मलाई पनि चिन्ता लाग्छ’ उनले भने ‘फलफूल खेती गरे भने उनीहरुलाई पनि घेरबेरकालागि निःशुल्क बाँस दिने बताएको छु ।’
हज्जारौंको सङ्ख्यामा लटरम्म रहेका आँप देखाउँदै उनले सुन फल्ने जग्गालाई बाँझै राखेको देख्दा कटक्क मुटु घोंच्ने गरेको अनुभूति सुनाए । जागिरबाट अवकासप्राप्त जीवन कसरी बिताउने भन्ने चिन्ता पालेकाहरुलाई आफू जस्तै व्यवसायमा लागेर लाभ लिन उनको सुझाव छ । युवा वर्गले पनि वैदेशिक रोजगारी ताक्नु भन्दा आफ्नै गाउँ–ठाउँको बाँझो जग्गालाई हराभरा तुल्याउनेतिर मन लगाए विदेशको भन्दा पनि राम्रो आम्दानी आफ्नै गाउँ ठाउँमा लिन सकिने उनको सुझाव छ ।2