• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

सलहेश आँप उत्पादक कृषक समूहको साधारण सभा सम्पन्न

सलहेश आँप उत्पादक कृषक समूहको साधारण सभा सम्पन्न

बृजमान तामाङ
बिरेन्द्र बजार, २८ चैत्र । सलहेश आँप उत्पदक कृषक समूह सीतापुरको प्रथम साधारण सभा आइतवार सम्पन्न भएको छ ।
समूहका अध्यक्ष माहाबीर प्रसाद चौधरीको अध्यक्षता तथा कृषि सेवा केन्द्र कंचनपुरका प्रमुख अग्नीदेब चौधरीको प्रमुख अतिथ्यमा एक कार्यक्रमका बीच साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी चौधरीले कृषकहरुले उठाएको समस्य समाधानकोलागी सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा राष्ट्रिय कृषक महासंघ सप्तरीका सदस्य श्यम कुमार चौधरी, संघिय समाजवादी फोरम नेपाल क्षेत्र नम्वर १ का सदस्य साहाबिर चौधरी, सामुदायिक बिकास केन्द्र सीतापुरका देबपुजन चौधरी, चन्द्रिका कुमारी चौधरी लगायतकाले समेत मन्तब्य ब्यक्त गरे । कार्यक्रममा समुहका सह–सचिब दानीलाल चौधरीले प्रगति तथा अर्थिक प्रतिवेदन प्रस्तुत गरे ।
समूहका सदस्य राम कुमार चौधरीद्धारा सञ्चालित कार्यक्रममा स्वागत सचिव दुर्गानन्द चौधरीले गरेका थिए । यसैगरी सम्पन्न सधारण सभाले पुन महाबिर चौधरीको अध्यक्षतामा १३ सदस्य नयाँ कार्यसमिती सर्बसम्मत चयन भएको जनाएको छ । समितीको उपाध्यक्षमा रघुबंश चौधरी, सचिबमा दुर्गानन्द चौधरी, कोषाध्यक्ष महेन्द्र चौधरी, सह सचिवमा दानीलाल चौधरी चयन भएको छ । यस्तै सदस्यहरुमा राम कुमार चौधरी, ईश्वरलाल चौधरी, फुल कुमारी चौधरी, योगेन्द्र प्रसाद चौधरी, चन्द्रिका कुमार चौधरी, निर्मला कुमारी चौधरी, शान्तिदेबी चौधरी र श्रीकान्त चौधरी चयन भएका छन । सोही सभाले रौही चौधरी र दुर्गानन्द चौधरीलाई सल्लाहकार चयन गरेको समितीका अध्यक्ष चौधरीले जानकारी दिए ।