• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

राजविराज भन्सार कार्यालयले मनाए अन्तर्राष्टिय भन्सार दिवस

बन्द हडतालका कारण राजश्व असुली प्रभावित

राजविराज, १२ माघ । सप्तरीको तिलाठी–८ स्थित राजविराज भन्सार कार्यालयका निमित प्रमुख मनिष कुमार महतोले निरन्तरको बन्द हड््ताल, चोरी पैठारी र निकासीका कारण राजश्व असुली ह्वात्तै घटेको बताएका छन् ।
अन्तर्राष्टिय भन्सार दिवसको अवसरमा मङ्गलवार आयोजित एक समारोहका बीच उनले यस्तो जानकारी दिएका हुन् । जारी मधेश आन्दोलनका कारण साउन महिना यता राजश्व असुलीमा व्यापक गिरावट आएको जानकारी दिँदै उनले साउनदेखि पुससम्मको असुली लक्ष्य ३ करोड ४ लाख १३ हजार रहेकोमा पुससम्म ९० लाख ८२ हजार ५ सय २७ रुपैयाँ मात्र राजश्व असुली भएको बताए ।
आर्थिक वर्ष २०७२÷७३ को वार्षिक लक्ष्य ६ करोड ६१ लख १६ हजार रहेको जानकारी दिँदै उक्त लक्ष्य हासिल गर्न निक्कै चुनौतीपूर्ण रहेको भन्सार प्रमुख महतोले बताए । उनका अनुसार लक्ष्य अनुसार साउनमा ७४.०८, भदौ २.५४, असोज २४.२५, कार्तिक १९.१५, मंसिर ४७.९८ र पुस महिनामा २३.५० प्रतिशत मात्र लक्ष्य हासिल भएको छ । राजविराज भन्सारबाट कपडा, सौन्दर्य सामग्री, मोटर पार्टस्, खेलौना, ई–रिक्सा, ईलेक्ट्रिक सामान, खाद्यान्नलगायतका सामानहरु पैठारी हुने प्रष्ट पार्दै उनले बन्द हड्ताल, जीर्ण सडक, नेपाल–भारत आवत–जावत गर्ने पुल नहुनु, खुल्ला नाका, चोरी पैठारी र निकासी, पर्याप्त कर्मचारीको अभावलगायतका समस्याहरु राजश्व घटनुमा मुख्य चुनौती रहेको  बताए ।2
कार्यक्रममा राजविराज स्थित कृष्ण दल गणका गणपति भुवनेश्वर आाचार्यले नेपाली जनता आत्मनिर्भर बन्नुपर्नेमा जोड दिँदैं आफ्नै गाउँठाउँमा उत्पादनशील काममा जुट्नुपर्नेमा जोड दिए । विदेशी सामानहरुको उपभोग गर्नुभन्दा स्वदेशी वस्तुहरुको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिँदै गणपति आचार्यले भने ‘बाहिरबाट सामानहरु पैठारी भन्दा पनि हामीले कति निकासी गर्यौं भन्नेतर्फ सोच्नु जरुरी छ ।
कार्यक्रममा नागरिक समाज सप्तरीका कार्यवाहक अध्यक्ष थानसिंह भन्साली, अनुसन्धान प्रहरीका उप–निर्देशक सुमन बैद्य, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक दमन थापा, कोष तथा लेखा DSC07382नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक ब्रजमोहन कोइराला, कुनौली (भारत) कस्टम प्रतिनीधि सञ्जयकुमार दास, स्थानीय राजनीतिकर्मी एवम् समाजसेवी दिनेश्वर मिश्र, व्यापारी प्रतिनीधि शम्भुनाथ मिश्रलगायतले मन्तव्य व्यक्त गरेका थिए । सोही कार्यक्रममा सर्वाधिक राजश्व बुझाउने क्रमशः बोदेवर्साइन स्थित जयश्री बालाजी वस्त्रालय, कल्याणपुरस्थित रहिम उद्दीन वस्त्रालय, राजविराजको न्यू पूजा वस्त्रालय, तिरुपति एजेन्सी र अशोक श्रृङ्गारका प्रोप्राइटर एवम् प्रतिनीधिलाई सम्मान गरिएको छ ।
यसैगरी कार्यक्रमका आमन्त्रित अतिथिहरुलाई समेत राजविराज भन्सार कार्यालयको तर्फबाट ‘मायाको चिनो’ प्रदान गरियो । उक्त अवसरमा भन्सार कार्यालयका कम्प्युटर अधिकृत बसन्त कुमार दासले कार्यालयको अवस्था तथा प्रगतिबारे जानकारी दिएका थिए । कार्यक्रम सञ्चालन शम्भु दाहाल र रबि ओझाले गरेका थिए ।
DSC07365

DSC07377

DSC07374

3

DSC07373