• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
घुस सहित वडा सचिव मिश्र पक्राउ

राजविराज, २४ मंसिर । सप्तरीको महादेवा गाउँपालिका वडा नम्वर ६ का वडासचिव नवोनाथ मिश्रलाई २ लाख रुपैयाँ घुससहित पक्राउ गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले मंगलवार साँझ राजविराज नगरपालिका वडा नं.२ तेतरीगाछीस्थित चिया पसलबाट पक्राउ गरेको हो । मिश्रले जन्मदर्ता सम्वन्धि कागजपत्र बनाईदिन ३–४ जना सेवाग्राहीसँग सो घुस रकम माग गरेको थियो ।
उजुरीको आधारमा खटिएको टोलीले मिश्रलाई रंगेहात पक्राउ गरिएको आयोगको कार्यालय इटहरीका प्रमुख चक्रबहादुर बुढाले बताए ।