• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
रक्तसञ्चार केन्द्रमा रगत अभाव

राजविराज, २५ भदौ । सप्तरीको राजविराज स्थित रामराजा प्रसाद सिंह एकेडमी अफ हेल्थ साइन्स परिसरमा रहेको रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको छ ।
बढ्दो गर्मी र विरामीहरुमा रगतको अभावले खपत बढेसँगै रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको हो । ‘गर्मीसँगै रक्तदान कार्यक्रम कम हुँदै गएकोले रगतको अभाव भएको हो’ केन्द्रका इन्चार्ज नवीनकुमार झाले भने–‘अभाव परिपुर्ति गर्न साटासाट प्रणाली लागु गर्न भएका छौं ।’
अहिले रगत लिन आउने विरामीका आफन्तहरुसँग रगत लिएर विरामीलाई आवश्यक रहेको ब्लड ग्रुपअनुसार सोही परिमाणमा रगत उपलब्ध गराउने गरेपनि विरामीको चाप कायमै रहने गरेको इन्चार्ज झाले बताए । हाल अस्पतालमा दैनिकजसो ५÷७ युनिट रगतको माग रहेको जानकारी गराउँदै उनले अभाव पुर्ति गर्न रक्तदान कार्यक्रमहरु प्रोत्साहन गर्न सवैसँग आग्रह गरे ।