• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरी पत्रकार महासंघद्वारा पूर्व अध्यक्षहरुसँग विधेयकबारे छलफल

सप्तरी पत्रकार महासंघद्वारा पूर्व अध्यक्षहरुसँग विधेयकबारे छलफल

राजविराज, ६ जेठ । नेपाल सरकारले ल्याएको मिडिया विधेयक विरुद्ध सप्तरीसहित देशैभरिका जिल्लाहरुमा पत्रकारहरुले संघर्षका कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
पूर्वघोषित कार्यक्रम अनुसार नेपाल पत्रकार महासंघ शाखा सप्तरीले सोमवार महासंघको कार्यालयमै महासंघका पूर्व अध्यक्षहरुसँग मिडिया विधेयकबारे छलफल गरिएको छ । महासंघका जिल्ला अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षताा आयोजित कार्यक्रममा पूर्व अध्यक्ष मिडिया विधेयक प्रेस स्वतन्त्रता विरोधी रहेको भन्दै अविलम्ब फिर्ता माग गरेका छन् । कार्यक्रममा महासंघका पूर्व अध्यक्षहरु वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, पूर्व अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा लगायतले विधेयकको विरोध गरेका छन् ।
महासंघ केन्द्रीय समितिले जेठ ६ र ७ गते – महासंघका पूर्वअध्यक्षहरुसँग छलफल र परामर्श, जेठ ८ गते संसद् प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीहरुको ध्यानाकर्षण गराउने, जेठ ९ देखि १२ गतेसम्म सञ्चारमाध्यमका सम्पादकहरुसँग भेट गरी सञ्चार अभियान सञ्चालन गर्ने, जेठ १३ र १४ गते सांसदहरुसँग भेट गरी छलफल गर्ने, जेठ १८ देखि २० गतेसम्म – महासंघको प्रतिष्ठान शाखा र एसोसिएटहरुको आयोजनामा उक्त विधेयकका कारण समाचार कक्षमा पर्ने प्रभावबारे छलफल कार्यक्रम चलाउने कार्यक्रम तय गरेको छ ।
जेठ २१ र २२ गते – महासंघका जिल्ला शाखाहरुले राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने, जेठ २३ र २४ गते – केन्द्रमा राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने, जेठ २५ गते अपरान्ह ३ बजे बानेश्वरदेखि बबरमहलसम्म मानव हातेसाङ्लो बनाई बृहत प्रदर्शन गर्ने। काठमाडौं उपत्यका बाहिर प्रदेश राजधानी रहेको स्थानमा सोही खालको प्रदर्शन गर्ने र त्यसको संयोजन प्रदेश समितिले गर्ने कार्यक्रम घोषणा गरेको छ ।