• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
प्रतियोगितामा मुनलाइट माविको जीत

वीरगञ्ज, २४ माघ । प्याब्सन पर्साद्वारा आयोजित फुटबल प्रतियोगिताको फाइनलमा खेलमा मुनलाइट माध्यमिक विद्यालयले मनोकामना माध्यमिक विद्यालयलाई शुन्यको विरुद्ध एक गोल गरी जित हात पार्न सफल भएको छ ।
विद्यालय अन्तर्गत फुटबल प्रतियोगितामा मुनलाईट माविले मनोकामना माविलाई शुन्यको विरुद्धमा एक गोल गरी जित हासिल गरेका छन् । एक सातादेखि जारी प्याब्सन फुटबल प्रतियोगितामा १५ वटा विद्यालयहरु सहभागी थिए । बिहिवार भएको फाईनल खेलमा मुनलाईट र मनोकामना माविको भिडन्तमा घण्टौसम्म खेल भए तापनि दुबै टिमले गोल गर्न नसक्दा खेलको अन्तिम समय मा मुनलाईट माविले मनोकामना माविलाई १ गोल गरी खेल जित्न सफल भए । प्रथम हुने मुनलाईट मावि, दृतीय हुने मनोकामना मा.विका खेलाडिहरुलाई शिल्ड, तक्मा र कदर–पत्र दिई सबैलाई विरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी, प्याब्सन पर्साका अध्यक्ष डा. हरिशंकर साह, कोषाध्यक्ष सरोज प्रसाद चौधरी, नगर अध्यक्ष आलोक चौरसिया, श्याम केसी, पुरण प्रधान लगायतले संयुक्त रुपमा खेलाडिहरुलाई पुरस्कार प्रदान गरे ।
समापन खेलमा प्याब्सन फुटबल प्रतियोगिताको अध्यक्षता प्याब्सन पर्साका अध्यक्ष डा. हरिशंकर साह, प्रमुख अतिथी विरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी, विशिष्ट अतिथी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मानबहादुर राई, प्याब्सन पर्सा का कोषाध्यक्ष सरोज प्रसाद चौधरी, सचीव छेदुप लामा, पुरन प्रधान, शम्भु रिमाल, विद्यासदन माविका लाल बहादुर गुरुङ्ग, श्याम के.सी विरगंज युवा समाजका कमल चौगाई, प्याब्सन पर्साका नगर अध्यक्ष आलोक चौरसीया, नेपाल टेलिभिजनका नेहाल खान लगायतको थियो ।