• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

कृषि

मन्त्री साहद्वारा कृषि सहकारी संस्था उद्घाटन

मन्त्री साहद्वारा कृषि सहकारी संस्था उद्घाटन

राजविराज, २ पुस । सप्तरीको राजविराज नगरपालिका वडा नम्वर–५ मा धर्मराज कृषि सहकारी संस्था लिमिटेडको कार्यालय उद्घाटन गरिएको छ ।
प्रदेश नम्वर २ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सोमवार एक समारोहका बीच कार्यालयको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै मन्त्री साहले प्रदेश २ को समृद्धिको आधार स्तरम्भको रुपमा कृषि तथा सहकारी संस्थाहरुले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । राम्रा एवम् उत्कृष्ट काम गर्ने संस्थाहरुको विकास तथा क्षमता अभिवृद्धिकालागि प्रदेश सरकारले समेत आवश्यक पहल गर्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, उप–मेयर साधना झा, राष्ट्रिय जनता पार्टीका नेता सुनिल कुमार झा, संघीय समाजवादी फोरम नेपालका जिल्ला सचिव केदार यादव, जवाहर यादव, तारालाल यादव, अध्यापक पिन्टु यादव, रमेश यादव, रोहितचन्द्र दास लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
सोही अवसरमा स्थानीय रिना यादव, धनराज यादव, रोहितचन्द्र दास, रमेश यादव र रामकुमार यादवले एक–एक लाख रुपैयाँ शेयरकालागि दिएका छन् ।