• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

बस दुर्घटनामा मृत्यु भएकाको सामूहिक दाहसंस्कार

बस दुर्घटनामा मृत्यु भएकाको सामूहिक दाहसंस्कार

राजविराज, ८ मंसिर । सप्तरीको भारदह–राजविराज सडक अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका–१० ईनर्वामा तीर्थयात्री बोकेको बस दुर्घटनामा परि मृत्यु भएका पाँचै जनाको शनिवार सामूहिक रुपमा दाहसंस्कार गरिएको छ ।
राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा पोष्टमार्टम पश्चात शव परिवारको जिम्मा लगाएपछि डाक्नेश्वरी नगरपालिका वडा नं.४ स्थित खडक नदीमा उनीहरुको सामूहिक रुपमा दाहसंस्कार गरिएको परिवारजनले जनाएको छ ।
सुनसरीको वराह क्षेत्र र चतराधाम दर्शन गरेर फर्केका यात्रु वोकेको को१ख २७९९ नम्बरको बस शुक्रवार राति अनियन्त्रित भई पोखरीमा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा डाक्नेश्वरी नगरपालिकाकी ७० वर्षीया वेचनी देवी यादव, २ की ६० वर्षीया शिकिला देवी साह, ४ का ५५ वर्षीय दिनेश रजक, सोहि वडाकी ५० वर्षीया बौकीदेवी रजक र वडा नंं.५ की वर्षीया ६० भुखनी देवी यादवको मृत्यु भएको थियो ।