• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

तेरहौतामा प्रथम वडा अध्यक्ष क्रिकेट प्रतियोगिता

तेरहौतामा प्रथम वडा अध्यक्ष क्रिकेट प्रतियोगिता

विरेन्द्र बजार, २८ जेठ । सप्तरीको रुपनी गाउँपालिका वडा नम्वर ६ तेरहौतामा प्रथम वडा अध्यक्ष क्रिकेट प्रतियोगिता आयोजना गरेको छ ।
वडा अध्यक्ष गोविन्द सिंह थापा मगरले एक कार्यक्रमको वीच सोमवार रिबन काटेर उद्घाटन गरेका हुन् । वडा अध्यक्ष थापाले खेललाई मर्यादित बनाउन खेलाडीहरुलाई आग्रह गरे । उनले खेलले आपसी एकता र सद्भाव कायम गराउने भएकोले खेल क्षेत्रको विकासका लागी आफ्नो कार्यकालभरी सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य वृजमान तामाङले खेललाई खेलको रुपमा मात्र सिमित नराख्न खेलाडि र आयोजकलाई सुझाव दिए । खेलको माध्यमवाट प्रतिभाशाली खेलाडि उत्पादन गर्न सके मात्र वडाले गरेको लगानी र खेलाडीहरुले गरेको परिश्रमले सार्थकता पाउने उनको भनाई थियो ।
नेपाल आदिवासी जनजाति महासंघ रुपनी गाउँपालिकाका अध्यक्ष भुपेद्र सिंह थापा मगरले वडाद्वारा खेलाडिहरुको प्रतिभा प्रस्तुत गर्न प्रतियोगिता आयोजना गरेकोमा खुशी हँुदै उद्घाटन खेलका विजेता टिमलाई १ हजार ५१ रुपैया नगद पुरस्कार दिने घोषणा गरे । कार्यक्रममा मावि तेरहौताका प्रधानाध्यापक दिनेश प्रसाद यादव, जिल्ला खेलकुद समितिका पुर्व सदस्य रमानन्द ठाकुर, विरेन्द्र वजार व्यवस्थापन समितीका अध्यक्ष विष्णु थापा मगर , त्रिशक्ति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ओम प्रकाश मेहता, साविक तेरहौता गाविसका उपाध्यक्ष लाल वहादुर चौधरी, सुर्यनारायण मेहता, गुलानन्द चौधरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
स्थानिय रामकुमार यादवद्वारा सञ्चालित कार्यक्रममा स्वागत वडा सदस्य वेचन प्रसाद साहले गरे । रुपनी गाउँपालिका वडा नम्वर ६ को आयोजनामा सञ्चालित प्रतियोगितामा सप्तरी र सिरहाका गरी १८ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताका विजेता टिमलाई २५ हजार र उप–विजेतालाई १५ हजार नगद सहित शिल्ड, मेडल, ट्रफी र प्रमाण—पत्र प्रदान गरिने साथै खेलमा म्यान अफ द म्याच घोषित हुने एक जनालाई दैनिक नगद पुरस्कारको व्यवस्था समेत गरेको आयोजकले जनाएको छ ।