• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

उद्घाटन खेलमा बरहीबिरपुरलाई पराजित गर्दै राजविराज विजयी

उद्घाटन खेलमा बरहीबिरपुरलाई पराजित गर्दै राजविराज विजयी

राजविराज, २ माघ । राजविराज स्थित रंगशालामा मंगलवारदेखि शुरु भएको एक दिवसीय अम्पाएर कप क्रिकेट प्रतियोगितामा सप्तरी सुपर किङ्ग राजविराजले यङ्ग ११ क्रिकेट क्लब बरही बिरपुरलाई रोमाञ्चक खेलमा १३ रनले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।
प्रतियोगिता अन्र्तगतको पहिलो खेलमा सप्तरी सुपर किङ्गले टसजिती पहिलो ब्याटिङ्ग गर्ने निर्णय गर्दै निर्धारित ३० ओभरको खेलमा सम्पुर्ण विकेट गुमाएर १ सय २६ रनको योगफल तयार पारे । सुपर किङ्गकालागि अमित दासले ब्याटिंग गर्दै ६६ बलमा ६ चौक्का र १ चौक्काको मद्दतले ४८ रनको योगदान दिए । अमित बाहेक प्रवेश खड्गी १८, मनिष मण्डल १५ तथा सिमान्तराज राईले १२ रनको योगदान दिए । बलिङ्गतर्फ यङ्ग ११ का संजिव यादवले घातक बलिङ्ग गर्दै ४ ओभरको स्पेलमा १७ रन दिई ४ बिकेट लिए भने रेवती राय ३ तथा रबि राय र बिकी रायले सामान २ बिकेट लिए ।
१ सय २७ रनको लक्ष्य लिई मैदानमा ओर्लेको यङ्ग ११ सुपर किङ्गका बलर सामु १९ ओभर ४ बलमा सम्पुर्ण बिकेट गुमाएर १ सय १३ रनमै समेटिए । यङ्ग ११ का लागि गुणानन्द रायले २८, रबि राय १९ तथा रेवती रायले १० रनको योगदान दिए । बलिङ्गतर्फ सुपर किङ्गका अभय थापा ३, प्रमोद रजक र पंकज साहले सामान २ तथा मनिष मण्डल र राज रायले सामान १ बिकेट लिए । उत्कृष्ट ब्याटिङ्ग गरे वापत सप्तरी सुपर किङ्गका अमित दास म्यान अफ द म्याच घोषित भए ।
कार्यक्रमको प्रमुख अतिथी शिब्स ईन्टरनेश्नलका प्रिन्सिपल नरेश प्रताप साहले बलिङ्ग, विशिष्ट अतिथीको रुपमा सप्तरी क्रिकेट संघका अध्यक्ष शैलेश कुमार चौधरीले ब्याटिंग तथा अम्पाएर संघका अध्यक्ष निरज सिंहले किपिङ्ग गर्दै प्रतियोगिताको उद्घाटन गरे ।
सोही क्रममा सप्तरी क्रिकेट संघका संस्थापक सदस्य तथा जिल्ला खेलकुद विकास समिति समितिका पुर्व अध्यक्ष शशी माझीको सम्झनामा १ मिनेटको मौन धारण गर्दै खेलाडि तथा अफिसियलहरुले कालो पटी बाँधेर खेलेका थिए । कार्यक्रममा सप्तरी क्रिकेट संघका सचिव आयुश श्रेष्ठ, पुर्व क्रिकेटर दिपेन्द्र चौधरी, शैलेन्द्र खड्का, रोशन चौधरी समेतको उपस्थिति थियो । कार्यक्रम सञ्चालन बरिष्ठ खेलाडि सुरेन्द्रनाथ सिंहले गरे ।
प्रतियोगिता अन्र्तगत बुधवार युथ क्रिकेट एकेडेमी र लायन्स क्रिकेट एकेडेमी बिच हुने अम्पाएर संघका सदस्य शम्भु दासले बताएका छन् ।