• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

कोइलाडि गाविसको विभिन्न वडामा झाडापखालाको प्रकोप

कोइलाडि गाविसको विभिन्न वडामा झाडापखालाको प्रकोप

राजविराज, ४ असोज । सप्तरीको कोइलाडि गाउँ विकास समितिको विभिन्न वडाहरुमा झाडापखालाको प्रकोप फैलिएको छ ।

कोइलाडी गाविसको वडा नम्वर २, ३, ६ र ९ मा झाडापखालाको प्रकोप फैलिएको हो । झाडापाखालाको प्रकोपबाट मङ्गलवार साँझसम्म करिब ५० जना व्यक्ति प्रभावित भएको सबल नेपालका प्रमेश्वर झाले जानकारी दिएका छन् ।
यसै क्रममा मङ्गवारै जिल्ला जनस्वास्थय कार्यालय तथा सबल नेपालद्वारा संयुक्त रुपमा प्रभावित क्षेत्रमा अनुगमन गर्नुकासाथै खानेपानीको जाँच तथा स्थानियवासिन्दा प्रकोप न्युनिकरणबारे अन्तरक्रियासमेत गरिएको छ । महामारीबाट बच्नकालागि जनचेतनामुलक कार्यक्रमहरुसमेत सञ्चालन गरिने झाले जानकारी दिएका छन् ।
एक साता अघिमात्र झाडापखालाको प्रकोप जमुनीमधेपुरा गाविसको वडा नम्वर स्थित जमुनी टोलमा फैलिएको थियो । हाल उक्त बस्तीमा झाडापखाला नियन्त्रणमा आईसकेको स्थानीय स्वास्थ्यकर्मी जयकृष्ण गुरमैताले जानकारी दिएका छन् ।