• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

अश्लिल भिडियो देखाई जबरजस्ती करणी गर्ने पति विरुद्ध मुद्दा

अश्लिल भिडियो देखाई जबरजस्ती करणी गर्ने पति विरुद्ध मुद्दा

राजविराज, ११ साउन । आफ्नै पत्नी पति विरुद्ध जबजस्ती करणी गरेको भनी जिल्ला प्रहरीमा दर्खास्त दिएको सुन्दा आश्चर्य लाग्न सक्ला । तर आश्चर्य मान्नु पर्दैन जिल्ला प्रहरी कार्यालय राजविराजमा भने एक पत्नीले आफ्नै पति विरुद्ध जबरजस्ती करणी गरेको मुद्दा दर्ता गराएकी छिन् ।
सप्तरीको कुशहा गाउँ विकास समितिको वडा नम्वर–७ निवासी आफ्ना पति हजरत मियाँ विरुद्ध १८ वर्षिया जुलिया (परिवर्तीत नाम)ले जिल्ला प्रहरी कार्यालयमा न्यायकालागि जाहेरी दर्खास्त दिएकी छिन् । आफ्ना २८ वर्षिय पति हजरतले अश्लिल फिल्म देखाई शारिरीक तथा मानसिक यातना दिई जबरजस्ती करणी गर्दैआएको जाहेरीमा उल्लेख छ ।29_04_2015-marital_rape (1)
आफू पन्सेरा–७ स्थित माइती घरमा आई बसेकोमा असार २५ गते राती आठ बजेको समयमा हजरतले ढोका बन्द गरी टेलिभिजनमा अश्लिल फिल्म लगाई जबरजस्ती ढोका बन्द गरी अश्लिल फिल्म हेर्न लगाई ईच्छा विपरित जबरजस्ती करणी गरेको जनाईएको छ । आफूले बन्द कोठाभित्र चिच्याई रोई कराई गर्दा छिमेकीहरु आएपछि हजरत भागेको जाहेरीमा उल्लेख छ ।
उक्त घटनाबारे जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्खास्त परेपछि प्रहरी टोलीले जबरजस्ती करणी गर्ने हजरतलाई शुक्रवार पक्राउ गरेको छ । पक्राउ परेका उनलाई जिल्ला अदालतबाट म्याद थप गराई जबरजस्ती करणी मुद्दामा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक भीम प्रसाद ढकालले जानकारी दिएका छन् ।