• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मुख्यमन्त्री यादवले पाए विश्वासको मत

मुख्यमन्त्री यादवले पाए विश्वासको मत
न्यूज टुडे
राजविराज, ४ वैशाख ।
मुख्यमन्त्री सरोजकुमार यादवले चौथोपटक विश्वासको मत प्राप्त गरेका छन् ।  मधेस प्रदेशसभाको मंगलबार सम्पन्न बैठकबाट मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गरेका हुन् ।
 मुख्यमन्त्री यादवले  सदनमा पेस गरेको विश्वासको मत प्रस्तावमा प्रदेशसभाका ६१ जना सदस्यले पक्षमा मतदान गरेका छन् । विपक्षमा भने शून्य मत परेको छ । 
मतदानमा प्रदेशसभाका ६१ जना प्रदेशसभा सदस्यहरू सहभागी भएका थिए । मुख्यमन्त्री यादवको पक्षमा बहुमत अर्थात् ५३ भन्दा बढी मत प्राप्त भएकाले सदनको विश्वास मुख्यमन्त्रीमाथि रहेको घोषणा सभामुख रामचन्द्र मण्डलले गरेका छन् ।