• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
“मुलुकको शैक्षिक नीति मधेस विरोधी”
न्यूज टुडे
राजविराज, १ बैशाख । 
मुलुकको शैक्षिक नीति मधेस विरोधी रहेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् ।
नयाँ वर्षको अवसरमा इन्टेलेक्चुअल फाउन्डेसन नेपालले राजविराजमा शनिबार  आयोजना गरेको शुभकामना आदानप्रदान तथा शैक्षिक विमर्श कार्यक्रमका वक्ताहरूले उक्त कुरा बताएका हुन्  । सम्बन्धित ठाउँको अवस्था विश्लेषण गरेर बनाएको नीति मात्र कार्यान्वयन गर्न सजिलो हुने उनीहरूको भनाइ छ  ।
बक्ताहरुले शिक्षाको गुणस्तर खस्कनुको विभिन्न कारण भएपनि मुख्य कारण शिक्षकहरू पेशागत जिम्मेवारी भन्दा व्यावसायिकतर्फ केन्द्रित भएको आर‍ोप लगाए ।
यस विषयमा निरन्तर विचार विमर्श गरेर सुधार गर्नेतर्फ लाग्नुपर्नेमा  सहभागी वक्ताहरुले जोड दिए  । उनीहरूले 
 शैक्षिक स्तर सुधारका लागि प्रत्येक ब्यक्ति 
स्वयं जिम्मेवार बन्नुपर्ने बताए । शिक्षामा विकृतिको मुख्य कारण सामाजिक र नैतिक दायित्वबाट हाम्रो समाज पन्छिदै जानू ह‍ो भन्दै भ्रष्टाचार हरेक क्षेत्रको भाईरस रहेको कार्यक्रममा सहभागी वक्ताहरुको आरोप थियोे  । 
शिक्षा क्षेत्रमा राजनीतिकरण बढेपछि शिक्षाको स्तर खस्केको उल्लेख गर्दै बक्ताहरुले राजनीतिक भन्दा शैक्षिक क्षेत्र बाहिरिन एकदमै आवश्यक रहेको बताए ।
संघीयताले शिक्षालाई धरापमा पारेको जिकिर गर्दै  स्थानीय सरकारको मातहतमा शिक्षा गएदेखि शैक्षिक अवस्था गम्भीर अवस्थामा पुगेको सहभागीहरूको आरोप थियोे ।
फाउन्डेसनको अध्यक्ष डा. सूर्या यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि डा. हेम मिश्र, डा. पिताम्वर लाल यादव,आमसंचार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्याम सुन्दर यादव, प्रतिष्ठानका सदस्य राजकुमार यादव, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष विष्णु मण्डल, धिरेन्द्र प्रसाद साह,डा.राम खेलावन यादव,पत्रकार सुधा देव,पूर्व विद्यार्थी नेता राजकुमार यादव,विद्यापति पुरस्कार कोषका सदस्य सचिव ध्रुव मण्डल,साहित्यकार सागरवीर कडारी,शिक्षक चुनचुन यादव, सामाजसेवी राजु जयसवाल,मिलाफ सप्तरीको अध्यक्ष रमिला साह,शिक्षक दिलिप कुमार यादव,सुधाकर प्रसाद सिंह समाजसेवी देव विलास यादव, अभिवक्ता प्रतिमा देव लगायतकाले मन्तव्य व्यक्त गरे । 
कार्यक्रम संचालन गीतकार शम्भु श्रीले गरेका थिए ।