• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

उच्च शिक्षा अध्यापनका लागि खोलिएका अधिकांश कलेजहरुमा विद्यार्थी घट्ने क्रम जारी छ ।
यसले गर्दा ती कलेजहरु क्रमशः संकट उन्मुख बन्दै गईरहेका छन् । एसईई गरी सकेपछि जसोतसो १२ कक्षासम्म पढ्ने अनि त्यस पछि अधिकांश विद्यार्थी उच्च शिक्षाका लागि भन्दै विदेशतर्फ लाग्ने भएपछि मुलुकमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुको संख्या घट्ने क्रममा रहेको हो । त्रिभूवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसदेखि अन्य शिक्षण संस्थामा समेत उच्च शिक्षाका लागि विगतमा जसरी विद्यार्थीहरुको ओईरो लाग्ने गथ्र्यौ त्यस्तो अवस्था अहिले देख्न पाइँदैन । विद्यार्थी घट्न थालेपछि ठूलो लगानीबाट खोलिएका प्राईभेट कलेजहरुको अवस्था पनि संकटमा पर्दै गएको छ । नियमित पठनपाठनको अभाव, बन्द हडताल, समयमा परीक्षा नहुने र परिणाम पनि समयमा नआउने सम्म बढी समय कुर्नु पर्ने अवस्था विद्यमान रहनाले उनीहरु निराश वन्नु पर्ने अवस्था आएको मान्न सकिन्छ । चार वर्षमा सकिने ब्याचलर लेभल पार गर्न परीक्षा ढिलो भएको तथा रिजल्ट पनि महिनौ ढिलो गरी प्रकाशित हुनाले पाँच वर्ष लाग्ने गरेको स्वयम् पीडित विद्यार्थी नै बताउँछन् । यस बाहेक विभिन्न राजनीतिक दल समर्थित विद्यार्थी संगठनले समेत बन्द हडताल गर्ने हुँदा यसको प्रत्यक्ष असर पठनपाठन माथि नै पर्ने गरेको छ ।
विद्यार्थी बाहिर पलायन हुनबाट रोक्नका लागि यस प्रकारका गतिविधि रोक्न तथा स्वच्छ र निर्वाध शैक्षिक क्रियाकलाप गर्ने वातावरण तयार गर्न जरुरी छ ।