• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

रुपनी गाउँपालिकाको विशेष गाउँसभा सम्पन्न 

रुपनी गाउँपालिकाको विशेष गाउँसभा सम्पन्न 
न्यूज टुडे
राजविराज, ०७ बैशाख । 
सप्तरीको रुपनी गाउँपालिकाको २०८०/०८१ को विशेष गाउँसभा सम्पन्न भएको छ ।  गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवको अध्यक्षतामा शुक्रबार आयोजित एक समारोहको विच विशेष गाउँसभा सम्पन्न भएको हो ।
विषेश गाउँसभा सहभागी कार्यपालिका तथा गाउँसभा सदस्यहरु । फोटो : न्यूज टुडे
अध्यक्षको आषणबाट बोल्दै  अध्यक्ष यादवले ०८०/०८१ को गाउँसभा निर्धारित समय भन्दा केही ढिलो भएपनि सफलता पुर्वक  सम्पन्न भएको भन्दै खुशी व्यक्त गरे ।अहिले गाउँपालिकाको काम गर्न केही समस्या आएको कारण यो विशेष सभा गरिएको उनले बताए।
सभामा प्रमुख प्रशासकीय अधिकृत तारणी प्रसाद यादवले पेश गरेको प्रस्तावहरु  कार्यविधि सम्बन्धमा, योजना तथा कार्यक्रम संशोधन,   आव २०८०/०८१ को हालसम्म भएको निर्णय तथा खर्च अनुमोदन,  लेखा,सुशासन ,विधान,समितीहरु गठन, वेरुजु फछ्र्यौट तथा सम्परिक्षण, सामुदायिक तथा निजि बिधालयमा डवल कक्षा सन्चालन, गाउँपालिका भित्रको सम्पुर्ण कर्मचारी व्यबस्थापन, सुर्तीजन्य तथा मादक पदार्थ सेवन निषेध सम्बन्धम अध्यक्ष यादवले विरिफिङ तथा खुलस्त पारी एजेन्डा राखेको थियो । 
प्रस्तुत एजेन्डाहरु उपर १ नम्बर वडाका वडा अध्यक्ष लिला यादव, २ का सरोज यादव,, ,३  का अमर मुखिया, ४ का छेदी इसर,५ का गंगाराम यादव,६ का बद्री दरदार, लेखापाल रामचन्द्र पैकरा लगायतकाले आफ्नो आफ्नो धारणा तथा शुभकामना मन्तव्य राखेको थियो।
उक्त एजेन्डाहरु उपर सभाले छ्लफल गरी पारित गरेको प्रमुख प्रशासकीय अधिकृत यादवले जानकारी दिए।आउँदो गाउँसभा निर्धारित समयमा गर्ने अध्यक्ष यादवले बताए ।
योजना प्रमुख रघुनन्दन यादवद्वारा संचालित कार्यक्रमा  स्वागत जिन्सी शाखा प्रमुख मनोज साहले गरे । 
 उक्त सभामा उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगीको सासू आमाको निधनको स्मृतिमा श्रद्धाञ्जली अर्पण समेत गरिएको थियो ।