• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पत्रकार महासंघ शाखा सप्तरीको अधिबेशन बैशाख १६ गते हुने

पत्रकार महासंघ शाखा सप्तरीको अधिबेशन बैशाख १६ गते हुने
न्यूज टुडे
राजविराज, ३ बैशाख । 
नेपाल पत्रकार महासंघ शाखा सप्तरीको अधिबेशन बैशाख १६ गते हुने भएको छ । महासंघ सप्तरीका सचिब रामनारायण विश्वासले सोमबार  एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएको हो । 
शाखा अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा सोमबार सम्पन्न बैठकले केन्द्रिय परिपत्र अनुसार आगामी बैशाख १६ गते अधिबेशन गर्ने निर्णय भएको सचिब विश्वासद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । 
अधिबेशनको स्थान भने पछि सूचना मार्फत जानकारी गराउने महासंघ शाखा सप्तरीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । अधिबेशनमा केन्द्रिय सर्कुलर बमोजिम सदस्यता नविकरण गराएका शाखा सप्तरी आवद्ध सदस्यहरुलाई सहभागीताको लागि सोही प्रेस विज्ञप्ति मार्फत आव्हान समेत गरिएको छ । 
यता अधिबेशनको मिति घोषणा गर्नुपर्ने, नयाँ सदस्यता वितरण गर्नुपर्ने, सदस्यता सुद्विकरणमा हटाउने सुचीमा राखेका पत्रकारहरुको नाम उक्त सुचीबाट हटाउनुपर्ने माग राखी महासंघ सप्तरीको कार्यालयमा गरिएको अनिश्चितकालीन तालाबन्दी भने कायमै रहेको छ । आन्दोलनरत पक्षले राखेको मागको उचित सम्बोधन नभएसम्म तालाबन्दी सहितका संघर्षका कार्यक्रम जारी राख्ने  नेपाल पत्रकार महासंघ शाखा सप्तरीका पुर्व अध्यक्ष एवम् पिडित पत्रकार समुहका जितेन्द्र खड्गाले बताए । 
अधिबेशनको मिति तोकिएको बारे आफुहरुलाई कुनै जानकारी नभएको भन्दै उनले सुद्विकरणको नाममा गरिएको अनियमिततासहितका निर्णय नसच्याएसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने बताए ।