• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

‘संबिधानको रक्षाकोलागि आन्दोलनको विकल्प छैन’

जसपाद्वारा संसद पुनस्र्थापनाको माग गर्दै राजबिराजमा बृहत प्रदर्शन
‘संबिधानको रक्षाकोलागि आन्दोलनको विकल्प छैन’

बृजमान तामाङ्ग
बिरेन्द्र बजार, १२ पुस ।
जनता समाजवादी पार्टीका नेता एवम् प्रदेश नम्बर २ का भूमी ब्यासस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र साहले जनताको कठोर आन्दोलन र बलिदानीबाट बनेको संबिधान रक्षाकालागि आन्दोलनमा उत्रिएको बताएका छन् । जसपा सप्तरीद्वारा आइतबार राजबिराजमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

बिरोध सभालाई सम्बोधन गर्दै मन्त्री साहले प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमले बर्तमान संबिधानलाई चुनौती दिएको बताए । प्रधानमन्त्री र राष्ट्रपतिले बिबेक गुमाए, मन्त्री साहले भने– संबिधानलाई चुनौती दिदै साँसद विघटन गरे । प्रधानमन्त्री केपी ओली र राष्ट्रपति बिद्यादेबी भण्डारीले राष्ट्रघात गरेको भन्दै मन्त्री साहले प्रधानमन्त्री र राष्ट्रपतिको राष्ट्रघात विरुद्ध जसपा देशब्यापी आन्दोलनमा उत्रिएको बताए ।

मन्त्री साहले प्रधानमन्त्रीले चालेको असंवैधानिक कदम सच्चाएर संसद पुनस्र्थापना नभएसम्म आन्दोलन जारी रहने बताए । जनता समाजवादी पार्टीका केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम् पूर्व कृषि मन्त्री मृगेन्द्र सिंह यादवले सरकारको असक्षमताले देश द्वन्द्वमा फँसेको बताए । ओलि सरकार संघीय लोकतान्त्रिक गणतन्त्र बिरोधी भएको सबैलाई थाहा थियो भन्दै यादवले ओली सरकारको अहंकारले देशमा संकट आएको टिप्पणी गरे । ओलीको हठले मधेस बिद्रोह, आदिबासी, थारुलगायतका आन्दोलनका उपलब्धि धरापमा परेको बताउँदै यादवले अधिकार सुनिश्चितताको लागि आन्दोलनमा जोड दिए ।

जनता समाजवादी पार्टीका केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम् पूर्व शिक्षा मन्त्री तथा प्रतिनिधि सभा सदस्य रेणु यादवले संसद विघटन नभएको जिकिर गरिन् । प्रधानमन्त्री ओलिलाई संसद विघटन गर्ने अधिकार नभएको भन्दै प्रतिनिधि सभा सदस्य यादवले संसद जिबितै रहेको दाबी गरिन् । नेता यादवले प्रधानमन्त्री र राष्ट्रपतिको संबिधान बिरोधी कदमको विरुद्धमा आन्दोलनलाई निरन्तर जारी राख्ने बताईन् ।

जनता समाजवादी पार्टी नेपाल सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा आयोजित कोणसभामा केन्द्रिय सदस्य राजेश बिद्रोही, अमरनाथ मण्डल, केन्द्रिय सदस्य एवम् राजबिराज नगरपालिकाका प्रमुख शम्भु यादव, मधेश प्रदेश समिति सदस्य भिम बहादुर तामाङ, बिद्यार्थी नेता किशोर कुमार यादव, केसी, महिला नेतृ दिल कुमारी चौधरी, उषा साह, नेताहरू राजेश्वर राय, कपिलदेव यादव, अमरकान्त झा, युवा नेता विशाल यादव, सचिन्द्र यादव लगायतले बिरोध सभालाई सम्बोधन गर्दै संसद पुनर्स्थापना नभए कडा आन्दोलन गर्ने चेतावनी दिए । कोण सभाको संचालन विद्यार्थी नेता शम्भु यादवले गरेका थिए ।

यसअघि सारा जनताको एउटै स्वर, केपी, बिद्या देश छोड, केपी बिद्यालाई फाँसी दे, केपी बिद्याको पाराले दुःख पायो साराले, संसद पुनस्र्थापना गर, साँसद रेशम चौधरीलाई लगाएको झुठ्ठा मुद्दा खारेज गरलगायतका चर्को नाराबाजी गर्दै राजबिराज नगरपालिका परिक्रमा गरेका थिए । स्थानीय शिव मन्दिरबाट बिशाल जुलिससहित बृहत प्रदर्शन गर्दै जसपा नेताकार्यकर्ताले जनआन्दोलन चौकमा पुगेर कोण सभा गरेका थिए ।

यस्तै रुपनी चौकमा जसपा नेताकार्यकर्ताले संसद पुनस्र्थापनाको माग गर्दै जुलुस प्रदर्शन गरि प्रधानमन्त्री केपी ओलि र राष्ट्रपति बिद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ ।