• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरीको कञ्चनरुप नगरपालिका स्थित पडेमारामा फेरि आगलागी भयो । चार दिन अघि भएको आगलागीमा दुई दर्जन भन्दा बढी घर जलेर खरानी भएपछि पीडितहरु बिचल्लीमा छन् ।
आगलागी लगत्तै स्थानीय प्रशासन,जनप्रतिनिधि तथा अन्य व्यक्तिहरु समेतले घटनाका बारेमा जानकारी लिएका छन् । प्राथमिक चरणको राहत बितरणको काम पनि भएको छ । तर यसकै भरमा अग्निपीडितहरुको दिनचर्या सामान्य बन्ने चाहिँ होईन । मूलतः उनीहरुको बासस्थान नै जलेर खरानी बन्न पुगेको छ । तसर्थ पहिला नयाँ घर कसरी ठड्याउन सकिन्छ भन्ने उनीहरुलाई चिन्ता छ । घर त्यसै बन्दैन,यसकालागि निर्माण सामग्री काठपातको समेत व्यवस्था आवश्यक हुन्छ । सर्बस्व आगोले सखाप पारेका कारण उनीहरुसित जिउमा लगाएको लुगाबाहेक केही पनि नरहेको अवस्था छ । खुला आकाशमुनि त्रिपालका भरमा धेरै दिन कटाउन सकिँदैन । उग्र गर्मीको समयमा सुरक्षित बासस्थानको व्यवस्था भएन भने उनीहरु बिरामी पर्ने सम्भावना पनि उत्तिकै छ । प्राथमिक चरणको राहत बितरण गरिनु सकारात्मक कार्य हो । तर यसकै भरमा मात्र उनीहरु रहन सक्ने अवस्था नभएका कारण पहिला उनीहरुको सुरक्षित बसोबासकालागि सरोकारवाला निकायले सहयोगी भूमिका निर्वाह गर्नु पर्ने समय आएको छ । विपत्तिको यस अवस्थामा जनताका प्रतिनिधि,सामाजिक संघसंस्था,स्थानीय प्रशासनले समन्वयका साथ पीडितहरुकालागि काम गर्न सके उनीहरु छिट्टै घर फर्किने बातावरण बन्न सक्दछ । आगोले खरानी बनाएको स्थानमा लामो समय खुला आकाशमुनि बस्नु पर्दा अनेक प्रकारका समस्या थपिन सक्दछन् ।
विशेषतः विरामी पर्ने सम्भावना बढी रहने भएका कारण लामो समयसम्म उनीहरुले कष्ट काटेर यसरी बस्नु पर्ने बाध्यतामा सुधारकालागि सोच्न आवश्यक छ ।