• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

सप्तरीका दुई महिला अधिकारकर्मी सम्मानित

पुरस्कारले मानव अधिकारको क्षेत्रमा काम गर्न हौसला मिलेको छ ः प्याकुरेल
सप्तरीका दुई महिला अधिकारकर्मी सम्मानित

बृजमान तामाङ
बिरेन्द्र बजार ।
सप्तरीमा शनिबार दुईजना महिला अधिकारकर्मी सम्मानित भएकी छिन् । सम्मानित हुनेमा राजबिराज नगरपालिका ७ की अनिता देवकोटा र खडक नगरपालिका ८ की रुबी कर्ण रहेकी छिन् । स्वर्गीय मानव अधिकारकर्मी प्रकाश काफ्लेको २९ औं स्मृति दिवसको अबस्थामा बैध–प्रकाश मानव अधिकार पुरस्कारबाट देवकोटा र कर्ण सम्मानित भएकी हुन् ।

बैध–प्रकाश मानव अधिकार पुरस्कार कोषद्वारा राजबिराजमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई नगद ५ हजार १ सय सहित सम्मान–पत्र र दोसल्ला ओढाएर सम्मान गरिएका थिए । कोषका संस्थापक अध्यक्ष बैधनाथ झाको अध्यक्षता तथा प्रदेश नम्बर १ का योजना आयोगका उपाध्यक्ष एवम् ईन्सेक पूर्व अध्यक्ष सुबोधराज प्याकुरेलको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्यकुरेलले पुरस्कार प्रदान गर्दै पुरस्कारले मानव अधिकारकर्मीहरुलाई हौसला मिलेको बताए । मानव अधिकारको क्षेत्रमा सक्रिय महिला अधिकारकर्मीलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताउँदै प्याकुरेलले कोष स्थापनाले मानव अधिकारकर्मीलाई कार्यक्षेत्रमा सक्रिय रहन उर्जा थपेको बताए । प्याकुरेलले मानव अधिकार सुनिश्चितताका लागि अझै धेरै संघर्ष गर्नुपर्ने आबश्यकता औल्याउँदै मानव अधिकारका लागि पारस्परिक सहयोगमा जोड दिए ।

कार्यक्रममा राजबिराज नगरपालिकाका उप–प्रमुख साधाना झा, साहायक प्रमुख जिल्ला अधिकारी नाथु प्रसाद साह, राष्ट्रिय योजना आयोग प्रदेश नम्बर २ का प्रमुख वीर बहादुर मगर, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रावण देव, नेपाल बार एशोसिएशन उच्च अदालत जनकपुर–राजबिराजका अध्यक्ष भरत प्रसाद यादव, जेष्ठ नागरिक प्रदेश नम्बर २ का अध्यक्ष शंकर शारदा, पूर्व शिक्षिका मन्जु श्रेष्ठ, नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली, पुरस्कृत मानव अधिकारकर्मी अनिता देवकोटाले मनतब्य व्यक्त गरे ।

बैध–प्रकाश मानव अधिकार पुरस्कार कोषका सदस्य एवम् ईन्सेक प्रतिनिधि मनोहर पोखरेलद्वारा संचालित कार्यक्रममा स्वागत प्रेस काउन्सिल प्रदेश २ का अध्यक्ष एवम् पुरस्कार कोषका सदस्य शिवहरी प्रसाद भट्टराईले गरे ।

अथक मानव अधिकार योद्धा तथा ईन्सेकका संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको थाई एयरबसको विमान नुवाकोटको घोप्टेभिरमा ०४९ साउन १६ गते दुर्घटना हँुदा निधन भएको थियो । गत बर्ष कोभिड १९ को महामारीका कारण पुरस्कार बितरण कार्य स्थगन गरिएकोमा दुबै बर्षका पुरस्कार महिला अधिकारकर्मी देवकोटा र कर्णलाई प्रदान गरिएको कोषका सदस्य मनोहर पोखरेलले जानकारी दिए ।

राजनैतिक परिबर्तन र सामाजिक न्यायको आन्दोलनमा अबिचलित रहि योगदान पु¥याउनु भएकोमा कर्णलाई पाँचौं र दुई दशकदेखि एकल महिला समुहको नेतृत्वदायी भूमिका निर्वाह गर्दै मानव अधिकार संरक्षण र न्याय प्राप्तिका लागि निरन्तर सक्रिय देवकोटालाई छैंठो पुरस्कार प्रदान गरिएको कोषले जनाएको छ । उनीहरुको योगदानको उच्च सम्मान गर्दै पुरस्कार प्रदान गरिएको पोखरेलले जानकारी दिए ।

औपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकद्वारा २१ औं प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानित प्रेस स्वतन्त्रता सेनानी राजबिराज नगरपालिका ७ का बैद्यनाथ झाले प्राप्त गरेका नगद ५१ हजारबाट कोषको स्थापना गरिएको हो । कोषमा झा की आमा चन्द्रादेवी झाले जेष्ठ नागरिकको हैसियतले पाउनुभएको सामाजिक सुरक्षा भत्ता बापतको ५० हजार रुपैयाँ गत बर्ष जम्मा गरि कोषको रकम १ लाख १ हजार पु¥याएका छन् ।

कोषको राशी वृद्धि भएपछि पुरस्कारबापत दिईने रकमलाई दुई हजार थप गरि ५ हजार १ सय पु¥याएको कोषका अध्यक्ष झाले जानकारी दिए । यो पुरस्कार २०५३ सालदेखि प्रत्येक बर्ष मानव अधिकार तथा नागारिक आन्दोलनका बिभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने ब्यक्तित्वलाई प्रदान गरिदै आएको जनाएको छ । यो पुरस्कारबाट पहिलो पटक चमार आन्दोलन र भूमी अधिकार अभियन्ता सुरुङ्गा नगरपालिकाको मधुपट्टी कनकपुरका बलदेव राम, दोश्रो पटक दलितमा सबैभन्दा पछाडि पारिएका डोम जातिको आन्दोलनको अभिन्न अंगको रुपमा स्थापित छिन्नामस्ता गाउँपालिका २ का युक्तिलाल मरिक सम्मानित भएका थिए ।

यसैगरी तेस्रो पटक गरिबी, भूमिहिन, सुकुम्बासी र दलित उत्पीडित विरुद्ध कट्टिबद्व भई सामाजिक र राजनैतिक आन्दोलनमा सक्रिय अग्निसाईर कृष्णासवरन गाउँपालिका ३ का असर्फी सदा तथा चौथो पटक मानव अधिकार रक्षकहरुको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आधारभूत तहका जनता र पीडितहरुको न्यायका लागि अधिकारकर्मी, पत्रकार एवम् सामाजिक कार्यकर्ताको रुपमा कलम चलाउन र वकालत गर्न सक्रिय राजबिराज नगरपालिका ६ का मनोहर पोखरेल सम्मानित भएका थिए ।

पुरस्कृत कर्णले आफुले पाएको पुरस्कारसहित १० हजार दुई सय अक्षय कोषमा जम्मा गर्ने तथा देवकोटाले समेत कोष बृद्धिको लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । सोही कार्यक्रममा राजविराज नगरपालिकाका उपप्रमुख साधना झाले अक्षय कोष बृद्धिको लागि ५ हजार १ सय जम्मा गर्ने घोषणा गरिन् । साभार ः सत्यापन