समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

समृद्ध वडा’ को संकल्पसहित अमर श्रेष्ठको वडा अध्यक्षमा उम्मेदवारी घोषणा

समृद्ध वडा’ को संकल्पसहित अमर श्रेष्ठको वडा अध्यक्षमा उम्मेदवारी घोषणा
उत्तम आचार्य 
कञ्चनरूप, १७ कात्तिक  ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा कञ्चनरूप नगरपालिका वडा नं. १२ मा चुनावी सरगर्मी निकै बढेको छ। यसै क्रममा वडाको समग्र विकास र रूपान्तरणका लागि एक बौद्धिक, समाजसेवी एवं शिक्षाप्रेमी व्यक्तित्व अमर श्रेष्ठले कञ्चनरूप नगरपालिका वडा नं. १२ को वडा अध्यक्ष पदमा आफ्नो सम्भावित उम्मेदवारी घोषणा गरेको हो।
“सेवा, समर्पण र विकासका लागि सधैं तत्पर” रहने प्रतिबद्धताका साथ चुनावी मैदानमा होमिएका श्रेष्ठलाई स्थानीय क्षेत्रमा एक स्पष्ट वैचारिक, मिलनसार र सबैको सुख-दुःखमा साथ दिने सामाजिक अभियन्ताका रूपमा हेरिने गरिएको छ।
मुख्य एजेन्डा र प्रतिबद्धताहरू:
वडावासीको सुख–दुःखमा सधैं साथ रहने प्रण गर्दै उम्मेदवार अमर श्रेष्ठले वडाको चौतर्फी विकासका लागि मुख्य ६ वटा संकल्पहरू अघि सारेका छन् । 
शिक्षा क्षेत्रमा विशेष जोड: वडाभित्रको शैक्षिक गुणस्तर सुधार र विपन्न बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्ने, सहज र गुणस्तरीय स्वास्थ्य सेवा: प्रत्येक वडावासीलाई आधारभूत स्वास्थ्य सेवा सहज, सुलभ र भरपर्दो रूपमा उपलब्ध गराउने, पूर्वाधार विकास: दिगो र योजनाबद्ध विकासमार्फत वडालाई एउटा नमुना र सुन्दर वडाको रूपमा निर्माण गर्ने, युवा स्वरोजगार: युवाहरूलाई स्थानीय स्तरमै रोजगारी र स्वरोजगारका अवसरहरूसँग जोड्ने विशेष कार्यक्रम ल्याउने, सद्भाव र शान्ति: समाजमा आपसी सामाजिक सद्भाव, भ्रातृत्व र दिगो शान्ति कायम राख्ने,,सहभागितामूलक समृद्धि: “सबैको सहभागिता, सबैको समृद्धि” को भावना अनुरूप वडाका हरेक निर्णयमा जनतालाई समेट्नेउनले योजना प्रस्तुत गरेका छन् । 
“सबल वडा, समृद्ध नगर”
यसैगरी ‘समृद्ध वडा; सुखी जनता हाम्रो प्रतिबद्धता” भन्ने मूल नारालाई आत्मसाथ गर्दै उनले वडा नं. १२ का सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई ‘हामी सँगै अघि बढौँ, समृद्ध वडा निर्माण गरौँ’ भन्ने अभियान चलाउने उनले प्राण गरेका छन् । 
एक प्रष्ट र बौद्धिक व्यक्तित्वको रूपमा परिचित अमर श्रेष्ठको उम्मेदवारी घोषणाले यतिबेला कञ्चनरूप १२ का मतदाताहरू माझ नयाँ उत्साह थपेको स्थानीय बुद्धिजीवीहरूको भनाइ छ।