समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
यु–१९ क्रिकेट छनोट : सप्तरीको जीत 
न्यूज टुडे
राजविराज,१७ कात्तिक । 
राजविराजमा जारी यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सप्तरी विजयी भएको छ ।  धनुषालाई १५ रनले पराजित गर्दै सप्तरी विजयी भएको हो ।
मंगलबार राजविराज स्थित पविमावि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सप्तरीले ४७ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय ९१ रनको योगफल खडा गरेको थियो। सप्तरीका लागि सन्तु मण्डलले सर्वाधिक ४७ रन बनाए। यसैगरी  रोहन विकले ३७, वसन्त यादवले २८, रौनक सिंहले २० र निवेश मण्डलले १० रनको योगदान दिए।
बलिङतर्फ धनुषाका आयुष यादव, अस्मित मण्डल र रोहन यादवले समान २–२ विकेट लिए भने मनोज मण्डलले १ विकेट हात पारे।
१ सय ९२ रनको लक्ष्य पछ्याएको धनुषाले ३७ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १७६ रन मात्रै बनाउन सक्यो। 
धनुषाका अंकित यादवले ३७, चन्दन यादवले २६, रूपेश यादवले १७, मनोज मण्डलले १९ र आशिफ रैनले १६ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।
सप्तरीका बलर शिव दासले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। त्यस्तै वसन्त यादवले ३ विकेट लिए भने अभिमन्यु सरदार, नितेश यादव र सन्तु मण्डलले समान १–१ विकेट लिए।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका सप्तरीका शिव दास प्लेयर अफ द म्याच घोषित भए। प्रतियोगिता अन्तर्गत बुधबार महोत्तरी र सिरहाबीच प्रतिस्पर्धा हुने सप्तरी क्रिकेट संघका सदस्य डम्बर नारायण दासले जानकारी दिए।