सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ५ स्थित भिमारमा संचालित किसान कृषि सहकारी संस्था लिमिटेड बकधुवाको १६ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रमानन्द चौधरीको अध्यक्षता तथा अग्नीसाइर कृष्णासवरन गाउँपालिकाकी उपाध्यक्ष कल्पना कुमारी चौधरीको प्रमुख आतिथ्यमा मंगलबार आयोजित एक समारोहका बीच साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि उपाध्यक्ष चौधरी । फोटो : न्यूज टुडे
साधारणसभा उद्घाटन गर्दै प्रमुख अतिथि उपाध्यक्ष चौधरीले सहकारीको मध्यमले रोजगारी सिर्जना गर्नुको साथै स्थानीय स्तरमा समृद्धि स्थापना हुने बताए । उनले सहकारीमा शेयरधनी आफै मालिक भएको कारण यसको संरक्षणको दायित्व पनि आफैले लिनुपर्नेमा जोड दिइन् । सहकारीहरुको प्रबर्द्धनका लागि राज्यबाट पाउने सेवा सुविधा गाउँपालिकाबाट सरल रुपमा उपलब्ध गराउँदै आएको जानकारी दिदै उनले सहकारीलाई आफ्नो सम्पत्ति मानेर यसको समग्र विकासमा शेयरधनीहरुलाई अग्रसर हुन आग्रह गरिन ।
साधारणसभा सहभागी शेयर सदस्य तथा संचालक समितीका पदाधिकारी,कर्मचारीहरु । फोटो : न्यूज टुडे
कार्यक्रममा अग्नीसाइर कृष्णासवरन गाउँपालिकाकी कृषि शाखा प्रमुख चन्द्ररेखा कुमारी चौधरी, पलिका स्तरीय सहकारी समन्वय समिति अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका संयोजक एवम् अमसोत सामुदायिक कृषि सहकारी संस्थाका व्यवथापक रामी यादव, सहकारी समन्वय समिति अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका सदस्य एवम् चम्पामाई कृषि सहकारी संस्थाका अध्यक्ष रामेश्वर चौधरी, पत्रकार बृजमान तामाङ, युवा नेता रिता चौधरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारीमा भएको विधि र पारदर्शिताको प्रशंसा गरे । उनीहरुले सरकारी तथा गैरसरकारी संघसंस्थासंग समन्वय गरि किसानहरुको लागि मल डिलर संचालन, गोठ सुधार, जलबायूमैत्री खेती प्रणालीको विकास तथा अर्गानिक खेतीका लागि मल उत्पादन जस्ता किसान लक्षित सेवा सबैको लागि उदाहरणीय कार्य रहेको बताए ।
नयाँ आबद्ध शेयर सदस्यलाई प्रमाणपत्र प्रदान गर्दै गापा कृषि शाखा प्रमुख चौधरी । फोटो : न्यूज टुडे
साधारणसभामा संस्थाका अध्यक्ष चौधरीले आव २०८२/०८३ को ५३ लाख २१ हजार १ सय ५४ रुपैयाँको आर्थिक प्रतिबेदन तथा संस्थाको सांगठनिक र प्रगति प्रतिबेदन प्रस्तुत गरे । प्रस्तुत प्रतिबेदनमा आव २०८१/०८२ र २०८२/०८३ को आयव्यय,संचित रहेको पुंजीगत हिसाब,व्यापार खाताको विवरण, कोषको खातामा रहेको रकम सहित संस्थाको स्थापना,शेयर सदस्य संख्या लगायत समेटिएको थियो ।
संस्थाका लेखा समिति संयोजक उदय नारायण यादवद्वारा संचालित कार्यक्रममा स्वागत शेयर सदस्य सुनिता कुमारी चौधरीले गरेकी थिइन् ।
अग्नीसाइर कृष्णासवरन गाउँपालिका ५ भिमार स्थित संस्थाको कार्यालयमा आयोजित साधारणसभामा संस्थामा नयाँ आबद्ध एक दर्जनबढी शेयर सदस्यलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।