समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीको कठौनामा करेन्ट लागेर एकजनाको मृत्यु : एक गम्भीर

सप्तरीको कठौनामा करेन्ट लागेर एकजनाको मृत्यु : एक गम्भीर
न्यूज टुडे
राजविराज,१६ कात्तिक ।
सप्तरीको शम्भुनाथ नगरपालिका  ६  स्थित कठौनामा सोमबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।  रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर  स्थानीय झमेलिया सदाको छोरा बर्ष ३५ को दिपु सदाको घटना स्थलमै मृत्यु भएको हो । 
 उक्त घटनामा सोही नगरपालिका ७ का बौका सदाको छोरा बर्ष २६ को उपेन सदा गम्भीर घाइते भएका छन् । उनको राजविराज स्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
सफेताको हाँगा काट्ने क्रममा विधुतको नाङ्गो तारमा छोएर करेन्ट लाग्दा दिपुको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । मृतक शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाएको तथा घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक विजय कार्कीले बताए । 
करेन्ट लागेर घाइते उपेन सदाको अवस्था मध्यम रहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।