समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

न्यू त्रीयुगा स्पोर्ट्स क्लवको अध्यक्षमा श्रेष्ठ 

न्यू त्रीयुगा स्पोर्ट्स क्लवको अध्यक्षमा श्रेष्ठ 
शिव आचार्य
फत्तेपुर,१५ कात्तिक । 
सप्तकोसी नगरपालिका वडा नम्बर १ मा रहेको प्रतिष्ठित न्यु त्रीयुगा स्पोर्ट्स क्लवको अध्यक्षमा  फुटबल प्रशिक्षक अजय श्रेष्ठ चयन भएका छन् । क्लबको शनिबार  सम्पन्न साधारण सभाबाट  श्रेष्ठ दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् ।
  
क्लबको  उपाध्यक्षमा नवीन राई,सचिबमा  बल बहादुर राई,कोषाध्यक्षमा बिकास दाहाल , सह सचिबमा  प्रकाश परियार  चयन भएका छन् । 
यसैगरी क्लबको  सदस्यहरुमा गणेश बराल,सुनिल खत्री,रमण कर्ण ,पर्बत रौनियार , राजन मगर  र बिर्षक राई चयन भएको निर्बाचन कमिटिका बिपिन पोखरेल ले बताए । 
 निर्बाचित समितिलाई आइतबार एक कार्यक्रमका बिच प्रमाण पत्र बितरण गरिएको थियो। स्थानिय दुर्गा मन्दिरको सभा हलमा सम्पन सधारसभामा अध्यक्ष चयन भएका श्रेष्ठले बिगतमा भएका कमि कमजोरि लाई सच्याउदै क्लवलाई अनुशासित ,मर्यादित र एकीकृत रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
 कार्यक्रममा सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद ढकाल , उप प्रमुख रिता चौधरी ,क्लवका पुर्ब पदाधिकारी ,आजिबन सदस्य,साधारण सदस्य,सामाजिक ब्यक्तित्व,राजनितिक दलका प्रतिनिधि,अग्रज खेलाडीहरुको  उपस्थिति रहेको थियो।