न्यूज टुडे
राजविराज, १४ कार्तिक ।
सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका १ मा शनिबार करेन्ट लागेर एउटा भैंसी ठहरै भएको छ । स्थानीय राजेन्द्र प्रसाद यादवको भैंसी करेन्ट लागेर मरेको हो ।
वडा कार्यालयद्वारा गाडिएको विजुलीको पोलमा भैसीले छुदा करेन्ट लागेर भैंसी मरेको भैंसी धनी यादवले बताए । विधुत तथा वडा कार्यालयको लापरबाहीले भैसीलाई करेन्ट लागेको उनले गुनासो गरे ।
चराउन लाँदै गरेको भैसी करेन्ट लागेर मर्दा ठूलो क्षति भएको यादवले दुखेसो पोखे । उनले क्षतिपूर्तिका लागि सम्बन्धित निकाय संग आग्रह गरे ।