समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
कञ्चनरुपमा  भेटियो एक महिलाको शव 
उत्तम आचार्य 
कञ्चनरुप , १४ कात्तिक  । 
सप्तरीको कञ्चनरुप नगरपालिका १२ रुपनगरमा एक महिलाले झुन्डिएको अवस्थामा मृत अवस्थामा भेटिएको छ । कञ्चनरुप नगरपालिका वडा नम्बर ९, कुशाहा टोल निवासी कृष्णबहादुर भुजेलकी ४९ वर्षीया श्रीमती सवितादेवी भुजेलको झुन्डिएको अवस्थामा शव फेला परेका हो । 
आइतबार दिउँसो करिब ३ बजेको समयमा आफ्नै घरको भान्सा कोठामा उनी झुण्डिएको अवस्थामा मृत फेला परेको  इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
घटनाको जानकारी पाए लगतै पुगेको प्रहरी टोलीले कानुनी प्रक्रिया पुरा गरी शवलाई पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाएको थियो। मृतकको शव परिक्षण पछि परिवारको जिम्मा  लगाइएको तथा घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
मृतक भुजेलको शनिबार जातीय परम्परा अनुसार अत्यष्टी गरिएको परिवारजनले बताए ।