समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

रुपनीमा सडक निर्माण कार्य सुस्त : दुर्घटनाको जोखिम

रुपनीमा सडक निर्माण कार्य सुस्त : दुर्घटनाको जोखिम
नर्मदेव यादव
रुपनी,१२ कार्तिक ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनीमा सडक निर्माण कार्य सुस्त हुँदा सडक दुर्घटनाको उच्च जोखिम बढेको छ । ठेकेदार कम्पनीको लापरबाहीले सडकको अवस्था अस्तव्यस्त हुँदा सर्वसाधारणले ठूलो सास्ती खेप्न परेको हो । 
दैनिक सवारीको चाँप हुने सडक खण्डमा निर्माण कार्य सुस्त हुँदा दुर्घटना वृद्धि भएको स्थानीय तेज नारायण यादवले बताए । बाटो साघुरो हुँदा दिनहुँ ट्राफिक जाम हुने गरेको उनले बताए । 
निर्माण कम्पनीले सडक मुख्य भाग भत्काएर एकहोरो बाटो संचालन ल्याएपनि सडकमा दोहोरो सवारी साधन  चलाउन बाध्यता रहेको उनले जानकारी दिए ।
‘रुपनी बजारको उतरपट्टी सडक पिच गर्नको लागि सडक निर्माण कम्पनीका प्रतिनिधिहरुलाई पटकपटक आग्रह गर्दा सुनुवाइ हुँदैन’ उनले भने, ‘कसैको कुरा सुनिदैन । यदि उतरपट्टी समेत सडक पिच गरि दियो भने यातायात साधन सहज हुन्थ्यो।’
 निर्माण कार्य ढिलो हुँदा धुलो खान बाध्य भएको बताउँदै उनले  धुलो नियन्त्रणका लागी पानको पनि उचित व्यवस्था नगरेको भन्दै गुनासो गरे । 
स्थानीय युवा बद्री साहले त्यति मात्रै होइन रुपनी बजार र सदरमुकाम  जोड्ने सडक भएकोले सडक जाम हुने गरेकोले अविलम्ब निर्माण गर्न आग्रह गरे । ट्राफिक समस्या समाधान गर्नुपर्नेमा सडकको समस्याले सर्वसाधारणले ठूलो सास्ती खेप्नु परेको उनको भनाइ छ । 
चाईनिज रेल्वे इन्जिनियरिङ्ग ग्रुपले ठेक्का लिएको सडक एक दशक पुग्दा समेत निर्माण सप्पन्न नभएको स्थानीयले बताए ।