समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

काँग्रेस देउवा समुहको सप्तरी ३ नम्बर क्षेत्रीय अधिबेशन सम्पन्न

काँग्रेस देउवा समुहको सप्तरी ३ नम्बर क्षेत्रीय अधिबेशन सम्पन्न
नर्मदेव यादव
रुपनी,१० कात्तिक ।

नेपाली कांग्रेस देउवा समुह सप्तरी क्षेत्र नम्बर ३ को क्षेत्रीय महाधिवेशन सम्पन्न भएको छ । नेपाली कांग्रेसका केन्द्रिय उपसभापति एवम् पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बिमलेन्द्र निधिको प्रमुख आतिथ्यमा रुपनीमा मंगलबार आयोजित एक कार्यक्रमको वीच अधिबेशन सम्पन्न भएको हो । 

१५ औ महाधिवेशन  अन्तर्गत आयोजित क्षेत्रीय अधिबेशनको उद्घाटन  सभालाई संबोधन गर्दै प्रमुख उपसभापति निधिले उपस्थित नेता तथा  कार्यकर्ताहरुलाई पार्टीको संगठन निर्माणमा निर्धक्क भएर लाग्न निर्देशन दिए । उनले मंसिर २१ २२ २३ गते हुने पार्टीको राष्ट्रिय महाधिवेशनलाई सफल बनाउनका लागि तयारीमा लाग्न आग्रह गरे ।  अगामी स्थानीय तह तथा प्रदेशसभा सदस्य  निर्वाचनमा  सहि ब्यक्तिलाई छ्नौट गरि आफ्नो उम्मेदवारलाई जिताउन अहिले देखि तयारीमा लाग्न उनले नेताकार्यकर्तालाई निर्देशन दिए । ,उनले चार वर्ष पछि हुने प्रतिनिधि सभा चुनावमा वास्तविक जनताको नेतालाई जनताले चुन्ने विश्वास व्यक्त गरे । नेपाली जनता आफ्नो संविधान आफै लेखेको बताउँदै उनले संविधानको सफल कार्यान्वयनका लागि नेपाली काँग्रेसको नेतृत्व अझै अपरिहार्य रहेको जिकिर गरे । 
देउवा नेतृत्वको काँग्रेस मात्र सच्चा काँग्रेस पार्टी भएको उल्लेख गर्दै उनले गगन थापा नेतृत्वको काँग्रेस विश्व प्रकाश र गगनको पार्टी भएको बताए । 
छलछाम गरि बनाएको पार्टीको कुनै औचित्यता नरहेको भन्दै उनले कानूनी लडाई जारी नै रहेकोले  अदालतले  देउवा नेतृत्वलाई नै मान्यता दिनेमा ढुक्क भएकोले  आधिकारिक काँग्रेस  पार्टी  देउवा समुह नै हुने दावी गरे।
अधिबेशन उद्घाटन समारोहमा  पुर्व केन्द्रिय कोषाध्यक्ष पदम नारायण चौधरी, सभासद  मुनि गुप्ता,१४ जिल्ला अधिवेशनका प्रत्यासी अध्यक्षका उम्मेदवार शत्रुधन यादव,नेपाली कांग्रेस सप्तरी जिल्ला संयोजक सुरेन्द्र यादव,सप्तरी क्षेत्र नम्बर१ का क्षेत्रीय सभापति उमेश मिश्र,२ को संयोजक ललन प्रभात,४ को किरण भगत,नेपाल किसान महासंघ केन्द्रिय महामन्त्री अनरुद सिंह,राजविराज नगर सभापति योगेन्द्र देव,शम्भुनाथ नगर सभापति दिनेश चौधरी,रुपनी गाउँपालिका सभापति उपेन्द्र यादव सप्तरी जिल्ला अनुसाशन समिति सदस्य बुदुर रा,  युवा नेता इन्जिनियर चन्द्र नारायण यादव ललगायतले शुभकामना  मन्तव्य व्यक्त गरे । 
पूर्व स्ववियु सभापति रामचन्द्र यादवद्वारा संचालित कार्यक्रममा स्वागत दुर्गानन्द यादवले गरे ।
अधिबेशनबाट क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापतिमा राम केवल यादव प्रदेश सभा क को सभापतिमा पुर्व स्ववियु सभापति रामचन्द्र यादव र ख को सभापतीमा सुरेन्द्र कुमार यादवलाई निर्विरोध चयन  गरेको छ।