समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जगमोहनमा सामाजिक जागरण या बसघरा कार्यक्रम

जगमोहनमा सामाजिक जागरण या बसघरा कार्यक्रम
न्यूज टुडे
राजविराज,०७ कार्तिक ।
सप्तरीको रुपनी गाउँपालिका ६ स्थित जगमोहनमा शनिबार सामाजिक जागरण या बसघरा कार्यक्रम आयोजना गरिएको छ । थारु भाषा साहित्य केन्द्र नेपाल तथा थारु कल्याण कारिणी सभा रुपनी गाउँपालिकाद्वारा संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको हो ।
थारु कल्याण कारिणी सभा रुपनी गाउँपालिका अध्यक्ष गोपाल प्रसाद चौधरीको अध्यक्षता तथा सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ का साँसद डा. अमरकान्त चौधरीको प्रमुख आतिथ्य तथा रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवको विशिष्ट आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो । 
कार्यक्रममा प्रमुख अतिथि साँसद डा. चौधरी, विशिष्ट अतिथि गापा अध्यक्ष यादव, थारु कल्याण कारिणीसभाकी केन्द्रीय उपसभापति सावित्री कुमारी चौधरी, केन्द्रीय सदस्य दिल कुमारी चौधरी, डा. पशुपति चौधरी, थारु भाषा साहित्य केन्द्रका उपाध्यक्ष बुधसेन चौधरी, आदिवासी जनजाति पत्रकार महासंघ, (फोनिज) मधेस प्रदेशका महासचिव बृजमान तामाङ, आदिवासी जनजाति महासंघ सप्तरीका उपाध्यक्ष मिलन कुमार चौधरीले शुभकामना मन्तव्य व्यक्त गर्दै कार्यक्रमले थारु जातिको पहिचान, प्रतिनिधित्व र अधिकार सुनिश्चिततामा टेवा पुग्ने विश्वास व्यक्त गरे । 
यसैगरी कार्यक्रममा थारु महिला सभा सप्तरीकी सभापति अनिता चौधरी, रास्वपा नेता अमरकान्त झा, रास्वपा रुपनी गाउँपालिका सभापति प्रमोद यादव, इन्जिनियर श्याम कुमार चौधरी, सेवा निवृत्त शिक्षक पन्नलाल चौधरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे । 
थारु कल्याण कारिणी सभा रुपनी गाउँपालिकाका भरत चौधरी तथा सेवा निवृत्त शिक्षक विन्तीलाल चौधरीद्वारा संयुक्त रुपमा संचालित कार्यक्रममा स्वागत थारु भाषा साहित्य केन्द्र नेपालका महासचिव सियालाल चौधरीले गरे भने शोभा चौधरी र श्याम कुमारी चौधरीले स्वागत गीत प्रस्तुत गरिन ।
युवा बर्ष आधारभुत विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा  राष्ट्रिय तथा स्थानीय थारु कलाकार तथा साहित्यकारहरुले गीत, नृत्य, साहित्य तथा कविता प्रस्तुत गरेका थिए ।