न्यूज टुडे
राजविराज , ०७ कार्तिक ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका–५, गौरी खोलाकी हरिमाया खत्री फेला परेकी छिन् । तिर्थबहादुर खत्रीकी ४० वर्षीया श्रीमती हरिमाया ६ दिन पछि शनिबार सकुशल फेला परेकी हुन् ।
दशैंको अष्टमीदेखि बेपत्ता भएकी खत्री सप्तरीको अग्नीसाईर कृष्णासवन गाउँपालिका २ स्थित चाँदनी चौकमा फेला परेकी हुन् । विहिबार साँझ चौकमा देखा परेकी उनले अशोभाविक व्यवहार देखाउँदै बजार वरिपरि घुमी रहेकी हरिमायालाई स्थानीयले संरक्षण गरि राखेको थियो ।
खत्री बेपत्ता भएको न्यूज टुडे दैनिकमा शुक्रबार साँझ समाचार सम्प्रेषण भएपछि स्थानीयले न्यूज टुडेकर्मीलाई खबर गरेका थिए । न्यूज टुडेका कार्यकारी सम्पादक बृजमान तामाङले खत्रीको तत्कालै उद्वार गरि उनको श्रीमान पूर्ण बहादुर खत्रीलाई खबर गरेका थिए ।
शुक्रबार समाचार प्रकाशित हुनसाथ हरिमायाको उद्वार गरि पत्रकार तामाङले आफ्नै घरमा ल्याएर सुरक्षित राखेका थिए । सम्पादक तामाङले शनिबार विहान हरिमायालाई श्रीमानको जिम्मा लगाएको स्थानीयले जनाएको छ ।
हरिमायाको खोजीका लागि विभिन्न स्थानमा पुगिरहेका तिर्थबहादुरले शुक्रबार सप्तरीको रूपनगरमा न्यूज टुडेका प्रतिनिधि उत्तम आचार्यसँग भेट गर्दै भावुक हुँदै श्रीमतीको खोजीमा सहयोग गरिदिन सञ्चारकर्मी, प्रहरी तथा सरोकारवाला निकायलाई आग्रह गरेका थिए।
हरिमाया हराएपछि खत्री परिवारमा चिन्ता र सन्त्रास छाएको थियो । श्रीमतीको खोजी गर्दै तिर्थ बहादुर सप्तरीसम्म आइपुगेको थियो । तिर्थ बहादुर न्यूज टुडेकर्मी आचार्यको सम्पर्कमा आएपछि ‘ दशैको अष्टमीदेखि खत्री बेपत्ता : खोजीका लागि सहयोग गरिदिन परिवारको आग्रह’ शिर्षकमा समाचार प्रकाशित गरिएको थियो ।
दशैंको समयमा श्रीमती बेपत्ता भएपछि परिवारमा थप पीडा र बेचैनी बढेको उल्लेख गर्दै तिर्थ बहादुरले श्रीमती भेटिएपछि खुशी व्यक्त गरे । । उनले श्रीमतीको खोजीमा विभिन्न माध्यमबाट सहयोग गरिदिने सम्पूर्णलाई धन्यवाद समेत दिए । हरिमाया मानसिक रोगी रहेकी तिर्थ बहादुरले जानकारी दिए ।