समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
चाँदनी चौकबाट मोटरसाइकल चोरी
न्यूज टुडे
राजविराज,०१ कार्तिक । 
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ स्थित चाँदनी बजारबाट  शनिबार एक मोटरसाइकल चोरी भएको छ । स १० प ७५०४ नम्बरको मोटरसाइकल चोरी भएको हो । 
स्थानीय एक घरमा पूजाको प्रसाद खान भित्र परेको मौका पारी बहिर सडकमा पार्किङ्ग गरि राखेको मोटरसाइकल चोरी भएको स्थानीय संतोष चौधरीले बताए । 
उनका अनुसार मोटरसाइकल मिथुन चौधरीको हो । साँझ  साढे ८ बजेको समयमा मोटरसाइकल चोरी भएको उनले जानकारी दिए । 
मोटरसाइकल चोरी भएपछि खोजतलासमा सहयोग गरि दिन मोटरसाइकल धनी चौधरीले सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।