न्यूज टुडे
राजविराज,३१ असोज ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ की एक बृद्वा महिला मृत अवस्थामा भेटिएकी छिन् । स्थानीय कुन्जीलाल चौधरीको श्रीमती अन्दाजी बर्ष ७२-७३ की जोखनी देवी थरुनी शनिबार सँझ ०६ : ३० बजे मृत फेला परेकी हुन् ।
सप्तरीको रुपनी गाउँपालिका ६ स्थित एक कल्भर्ट मुनि उनलाई मृत भेटिएको प्रहरीले जनाएको छ । आमासंगै गोठालो गएका अन्य साथीहरु घर आएपछि आमा विरामी भएको भनी खबर पाउनसाथ लिन भनी गएपनि बाटोमा रहेको कल्भर्ट मुनि मृत अवस्थामा फेला परेको उनको छोरा दिपक कुमार चौधरीले बताए ।
उनी वनबाट फर्किने क्रममा कल्भर्टबाट झरेर पानीमा डुवेको हुन सक्ने स्थानीयले बताए । थरुनीलाई कल्भर्ट मुनि झरेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरिएको स्थानीयले जनाएको छ ।
घटना स्थलमा प्रहरी पुगेपनि थरुनीको पहिले नै मृत्यु भइसकेको अवस्थामा शव फेला परेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी हेमराज घिमिरेले बताए । घटना स्थलमा प्रहरी खटी गई घटना बारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।