न्यूज टुडे
राजविराज,३१असोज ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहमा शुक्रबार राती आगलागी हुँदा लाखौंको क्षति भएको छ । तारानन्द माझीको घरमा आगलागी भएको हो ।
आगलागीबाट एक घर जलेर नष्ट भएको छ भने पाँच वटा चौपाया जलेर मरेको छ । आगलागीमा एक घर जलेको छ । एक गाई र चार वटा बाख्राको जलेर मरेको माझीले जानकारी दिए ।
आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको तथा आगलागीको कारण बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ