समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्राष्ट्रिय

सातौ नन्द माया स्मृती अन्डर १६ फुटबल प्रतियोगिताको उपाधि फत्तेपुरलाई

सातौ नन्द माया स्मृती अन्डर १६ फुटबल प्रतियोगिताको उपाधि फत्तेपुरलाई
शिव प्रसाद आचार्य
फत्तेपुर,३१ असोज । 
सप्तकोसी नगरपालिका वडा न ८ ओद्राहमा सन्चालित सातौ नन्द माया स्मृती अन्डर १६ फुटबल प्रतियोगिताको उपाधि न्यु त्रीयुगा स्पोर्टिङ क्ल्वब फत्तेपुरले हात पारेको छ ।   शुक्रवार सम्पन्न फाइनल खेलमा महुली ११ स्पोर्टिङ क्लव घोघिदाहा भवानीपुरलाई १-० को गोल अन्तरले  पराजित गर्दै फत्तेपुरले उपाधी चुमेको हो। 
उपविजेता टिमलाई पुरस्कार प्रदान गर्दै नगर उपप्रमुख चौधरी । फोटो : न्यूज टुडे
जितका लागि एक मात्र गोल न्यु त्रीयुगा क्लवका  जर्सी नं. ९ का रोहन चौधरी ले गरेका थिए। 
जित संगै न्यु त्रीयुगा स्पोर्टिङ क्लवले ट्रफी संगै  नगद २० हजार प्राप्त गर्यो भने महुली ११ ले ट्रफी संगै नगद १० हजार प्राप्त गर्यो  ।
  क्लवका अध्यक्ष नबनित चौधरीको नध्यक्षतमा आयोजित एक कार्यक्रमका वीच ।बिजयी टिमलाई कार्यक्रमका प्रमुख अतिथी सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णा प्रसाद ढकाल र कार्यक्रमकी बिशिस्ट अतिथी  नगर उप प्रमुख रिता कुमारी चौधरीले पुरुस्कार बितरण गरे । 
असोज २२ गते बाट मावि ओद्राहाको खेल मैदानमा सम्पन खेलमा सप्तरी र उदयपुरका गरि १० टिम सहभागी थिए। 
सप्तकोसी नगरपालिका वडा नं. ८ को सहयोग तथा प्रोग्रेसिभ युवा क्लवको आयोजनामा सम्पन्न खेलमा म्यान अफ दि म्याच रोहन चौधरी ,बेस्ट गोलकिपर पुर्ण मगर ,बेस्ट डिफेन्स सुदिप थापा,राइजिङ स्टार निर्जल दाहाल,बेस्ट मिड फिल्डर महुलीका रमेश खत्री,प्ल्येर अफ टुर्नामेन्ट महुलीका रुपेस चौधरी बेस्ट कोच त्रीयुगाका  अजय  श्रेस्ठ घोषित भए ।