नेपाली कम्युनिस्ट पार्टी रुपनी गाउँपालिका स्तरीय पार्टी समायोजन भएको छ । सिहेंश्वर साहको नेतृत्वमा पार्टी समायोजन भएको हो ।
कार्यक्रममा सहभागी नेकपाका नेताकार्यकर्ता । फोटो : न्यूज टुडे
समायोजन समितिका संयोजक साहको अध्यक्षता तथा केन्द्रिय सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज सुर्यनाथ यादवको प्रमुख आतिथ्यमा पार्टी समायोजन तथा विजय दशमी, दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रम बोल्दै प्रमुख अतिथि केन्द्रीय सदस्य यादवले नेपाली कम्युनिस्ट पार्टी नै सर्वहरा निमुखा गरिव मजदुर लगायतलाई मुक्ति दिने पार्टी भएको दावी गरे । उनले देशमा संघियता समावेशिता नेकपाले नै ल्याएको जिकिर गरे । उनले आउदो स्थानीय चुनाव भन्दा पहिले सबै गाउँ पालिका वडा कमिटिहरु गठन गर्न निर्देशन दिए । उनले बिजय दशमी तथा आउदो भाइ टीका समाचकेवा लगायत पर्वको शुभकामना समेत व्यक्त गरे ।
कार्यक्रममा केन्द्रिय सदस्य तथा सप्तरी संयोजक प्रताप नारायण चौधरी केन्द्रिय सदस्य तथा केन्द्रिय प्रचार बिभाग सदस्य प्रकाश खतिवडा केन्द्रिय सदस्य अरुण साह, केन्द्रिय सदस्य बिनोद यादव, केन्द्रिय सदस्य लक्ष्मी चौधरी, केन्द्रिय सदस्य हरिनारायण महतो, केन्द्रिय सदस्य तथा अखिल महिला संघ सप्तरी इन्चार्ज कविता ठाकुर, प्रदेश सदस्यहरु असर्फिलाल यादव ,छोटेलाल यादव ,छेदी इसर लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा रुपनी गाउँपालिका संयोजकमा सिंहेश्वर साह र सह संयोजकमा टेक बहादुर थापाको नेतृत्वमा पालिका स्तरीय समिति घोषणा गरिएको जनाएको छ ।
टेक बहादुर थापाद्वारा संचालित कार्यक्रममा स्वागत रामकृष्ण पासवानले गरे ।